ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टुकीको भरमा नगरको वडाभित्रका बासिन्दा


एबीसी न्यूज

पाल्पा, १२ माघ । लघु जलविद्युत् आयोजना बन्द भएसँगै रामपुर नगरपालिका–१, स्याउलीबजारका स्थानीयवासी टुकीको भरमा रात बिताउन बाध्य छन् ।

बन्द लघुजलविद्युत् आयोजना चार वर्षसम्म सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी अँध्यारोमा बस्नुपर्ने बाध्यतामा छन् । टुकीको उज्यालोमा रातमा काम गर्नुपर्ने र ससाना बालबालिकालाई पढ्न समस्या भएको छ ।

स्याउलीबजारका स्थानीयवासी सुनिल श्रेष्ठले बन्द आयोजना बिग्रेको चार वर्षसम्म कहीँकतैबाट मर्मतका लागि पहल हुन नसक्दा टुकीको भरमा रात बिताउनु पर्ने बाध्यता नहटेको बताउनुभयो ।

स्थानीय खोलाबाट निकालेको विद्युुत्ले रातमा उज्यालो बनेको थियो । अहिले आयोजना मर्मत हुन नसक्दा फेरि ७५ घरपरिवार अँध्यारोमा रात बिताउनुपर्ने अवस्था टरेको छैन । लघु जलविद्युत् आयोजना सञ्चालनमा आउन नसक्दा रेडियो, टेलिभिजन, मोबाइल, लाइटलगायतका सामान प्रयोगमा ल्याउन समस्या भएको छ ।

स्थानीयवासी दानस मल्लले साखदीखोला गडहर पेल्ट्रीक सेटको पानी पनि सानो भएकोले आयोजना सञ्चालनमा समस्या भएको बताउनुभयो । विद्युत् क्षमता १.५ किलोवाट मात्र रहेको तर मानिसले बत्तीसँगै मोबाइल र रेडियो, टेलिभिजनको समेत प्रयोग गर्दा विद्युत्ले धान्न नसकेर मेसिन बिग्रेको हो ।

स्थानीयवासीले मर्मतका लागि पैसा उठाउन नमान्दा र स्थानीय तहबाट सहयोग प्राप्त हुन नसक्दा मर्मत कार्य अधुरो रहँदा अँध्यारोमा बस्न बाध्य भएका छन् । मल्लका अनुसार रामपुर नगरपालिकाको विद्युत्को पहँुचदेखि बाहिर रहेको वडाका रुपमा रामपुर–१ लाई लिने गर्दछन् ।

रामपुर नगरपालिका–१ मा करिब ७५२ घरधुरी रहेका छन् जसमध्ये ७५ घरपरिवारका लागि सञ्चालित आयोजना अहिले बन्द भएको छ । सिंगो वडामा ४० घरपरिवारको घरमा मात्र विद्युत् सुविधा रहेको स्थानीय बासिन्दा विष्णु थापाले बताउनुभयो ।

रातिको समयमा मोबाइल, रेडियो, लाइटलगायतका विद्युतीय सामानको प्रयोग गर्न पाएपनि दिनभरि विद्युत हँुदैन । साखदीखोला लघु जलविद्युत् उपभोक्ता समितिले प्रतिवत्तिको मासिक रु ३० लिने व्यवस्था छ ।

वडाध्यक्ष मित्रलाल कँडेलले यस आवमा विद्युत्का लागि वडाभरि नै सर्वे गर्ने काम सम्पन्न गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com