ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीपोखरी मल्लकालीन र बालगोपालेश्वर ग्रन्थकूटशैलीमा बनाऊः विज्ञ


admin

काठमाडौं, ११ माघ । रानीपोखरी पुनःनिर्माण गर्न गठित विज्ञ समूहले पोखरी प्रताप मल्लकालीन र बालगोपालेश्वर मन्दिर ग्रन्थकूटशैलीमा बनाउन सुझाव दिएको छ ।

समुहले स्थानीयवासी र नागरिक समाजसँग सुझाव सङ्कलन गरी काठमाडौँ महानगरपालिकालाई प्रतिवेदन बुझाउँदै मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भएकाले सोहीअनुरुप निर्माण गर्न सुझाव दिएको हो ।

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा गठित समूहले पुनःनिर्माणका लागि तीन चरणका सुझाव दिएका छन् ।

पहिलो चरणअन्तर्गत प्रताप मल्लकालीन ग्रन्थकूट ९शिखर०शैलीको प्रमाणित रुपमा चारैतर्फका ढोकाका ठेलोसमेत प्राप्त भएको हुँदा र पुरानो कोरिएको चित्रसमेतका आधारमा मन्दिरको विस्तृत विवरण तयार गरी ग्रन्थकुट शैलीमा मन्दिर निर्माण आरम्भ गर्ने, पुरातात्विक उत्खननबाट पोखरीमा परम्परागत रुपमा सञ्चालित पानीका स्रोतको अनुसन्धान गरिनुपर्ने लगायतका सुझाव दिइएको छ ।

दोस्रो चरणअन्तर्गत पोखरीको ऐतिहासिक एवं पुरातात्विक स्वरुप नासिने गरी निर्माण भएका संरचना हटाई पुरानै स्वरुपमा निर्माण गर्न तथा हाल पोखरीको पूर्र्व र दक्षिणतर्फको आधा भागसम्म निर्माण गर्दा काटिएको पोखरीको डिल बचाउन सुझाव दिइएको छ ।

तेस्रो चरणमा जीर्णोद्धारपछि पोखरीको पुरातात्विक एवं ऐतिहासिक वातावरण कायम राखी सौन्दर्यीकरण गर्न तथा चारैकुनामा निर्मित मन्दिरलाई रानीपोखरीको हाताभित्र पार्ने र तिनको जीर्णोद्धार गरी परम्परागत सांस्कृतिक एवं धार्मिक क्रियाकलाप पुनःसञ्चालन गर्न भनिएको छ ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको रानीपोखरी पुनःनिर्माणका लागि सुझाव दिन गत पुस १३ गते विज्ञ समूह गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी बाढी, चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो- सिद्धिकी

ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ – नेता सिटौला

चक्रपथमा गुड्न थाले महानगर यातायातका १२ बिजुली बस

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु

कुलिङ पिरियडबारे छानबिन समितिले गर्‍यो रामहरिसँग सोधपुछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com