ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ह्यारीले आत्मकथामा गरेका १३ सनसनीपूर्ण खुलासा,बेलायती प्यालेस स्तव्ध !


ABC NEWS

बीबीसी : प्रकाशित नै नभई बेलायती राजकुमार ह्यारीको आत्मकथा स्पेयरले विश्वमा तहल्का मच्चाइरहेको छ। पुस्तकमा के छ भन्ने सनसनीपूर्ण खुलासाहरुले बेलायती ट्याबलोइडका पाना भरिएका छन्। सो पुस्तकले बेलायती राजपरिवारमा रहेको तिक्तता र बेमेलको उजागर गरेको छ।

स्पेनमा केही प्रति पुस्तक अगाडि नै बेचिन पुगेकाले पुस्तकका सम्पूर्ण विवरण खुलासा हुन पुग्यो। पुस्तकमा ह्यारीले पत्नी मेगनका विषयमा आफूलाई दाजु विलियमले कुटेकोदेखि लिएर आफूहरुले बुबा चार्ल्सलाई विवाह नगर्न आग्रह गरेको कुरासम्म चर्चा गरेका छन्।

पुस्तकमा रहेका केही महत्वपूर्ण खुलासा यसप्रकार छन्ः

१. क्यामिलासँग विवाह नगर्न बुबालाई ह्यारी र विलियमको आग्रह
आफू र युवराज विलियमले राजा चार्ल्सलाई क्यामिलासँग विवाह नगर्न आग्रह गरेको ह्यारीले बताएका छन्। राजपरिवारमा सामेल हुनुअघि क्यामिलासँग दुई राजकुमारले भेटघाट पनि गरेका थिए। तर, त्यो भेट कहिले भएको थियो भन्ने उल्लेख छैन।

२. तान्त्रिक महिलाले ल्याइन् डायनाको ‘सन्देश’

आमा डायनाको मृत्युपछि आफू अत्यन्त दुःखी भएको र एक तान्त्रिक महिलासँग आफूले सहयोग मागेको ह्यारीले उल्लेख गरेका छन्। ती महिलाले आमाको ‘सन्देश’ आफूलाई सुनाएको उनको भनाइ छ।

‘तिम्रो आमा भन्छिन्, मैले बाँच्न नसकेको जीवन तिमी बाँचिरहेका छौ। उनले चाहेको जीवन तिमीले बाँचिरहेका छौ,’ ह्यारीलाई ती महिलाले भनेकी थिइन्।

ह्यारी १२ वर्षको हुँदा पेरिसमा कार दुर्घटनामा परी डायनाको मृत्यु भएको थियो।

३. डायनाको मृत्यु हुँदा चार्ल्सले ह्यारीलाई अंकमाल गरेनन्
ह्यारीका अनुसार डायना दुर्घटनामा परेको खबर दिन बुबा चार्ल्सले उनलाई उठाएका थिए। त्यसबेला बुबाले आफूलाई अंकमाल नगरेको उनले बताएका छन्।

यो पीडाबाट उन्मुक्ति पाउन दुर्घटनाअघि डायनाले गरेजस्तै कारयात्रा आफूले गरेको तर उनको मृत्युको कारणबारे अझ धेरै प्रश्न मनमा उब्जेको उनले बताएका छन्।

४. विलियमले ह्यारीलाई भुइँमा पछारे
पत्नी मेगनका विषयमा दाजुसँग झगडा भएको र अन्तिममा उनले आफूलाई पछारेको ह्यारीको भनाइ छ। पुस्तकमा ह्यारीले २०१९ मा लन्डनस्थित आफ्नो घरमा विलियमले मेगनलाई ‘अप्ठेरो’, ‘अशिष्ट’ र ‘झगडालु’ भनेको उनले बताएका छन्।

झगडा बढ्दै जाँदा विलियमले कलरमा समातेर, नेकलेस चुँडाएर आफूलाई भुइँमा पछारेको ह्यारीले लेखेका छन्।

‘यो सब एकदम छिटो भयो। साह्रै छिटो। उनले मेरो कलर समाते, नेकलेस चुँडाए र भुइँमा पछारे। म कुकुरलाई खाना दिने भाँडोमाथि पछारिएँ। जुन फुट्दा त्यसको टुक्रा मेरो ढाडमा भास्सियो। केही क्षण म त्यहीँ पल्टिएँ, छक्क परेर। त्यसपछि उठेर मैले उनलाई मेरो घरबाट निस्किन भनेँ,’ ह्यारीले लेखेका छन्।

आफ्नो पुरा नाम हेनरी चार्ल्स अल्बर्ट डेविड भएपनि विलियमले बारम्बार आफूलाई ह्यारोल्ड भन्ने गरेको उनको भनाइ छ।

५. १७ वर्षको उमेरमा गुमाए कुमारत्व
आफू १७ वर्षको छँदा आफूभन्दा पाकी महिलासँग पहिलो पटक यौनसम्बन्ध राखेको चर्चा उनले गरेका छन्। सो घटना एउटा पबभन्दा पछाडिको चौरमा भएको थियो।

सो यौनसम्बन्धका क्रममा ती महिलाले आफूलाई बछेडासँगजस्तो व्यवहार गरेको भन्दै त्यो अपमानजनक अनुभव भएको उनको भनाइ छ।

६. ह्यारीको नाजी पहिरन देखेर विलियम र क्याथरिन हाँसे
२००५ मा एउटा पार्टीमा सहभागी हुनुअघि नाजी पहिरन लगाएर देखाउँदा विलियम र क्याथरिन हाँसेको ह्यारीले उल्लेख गरेका छन्। पाइलटको पहिरन लगाउने कि नाजी बर्दी भन्ने विषयमा आफूले उनीहरुलाई सोधेको उनको भनाइ छ।

‘मैले विल र केटलाई फोन गरेँ र सोधेँ, कुन लगाउँदा ठिक?’ उनले लेखेका छन्, ‘नाजी बर्दी लगाऊ, उनीहरुले भने।’

‘मैले त्यो भाडामा लिएँ, जुँगासहित म घर फर्केँ।’

‘विल र केट दुवै हाँसिरहेका थिए,’ उनले लेखेका छन्।

त्यो घटना उनी २० वर्षको छँदा भएको थियो। त्यतिबेला द सनले पार्टीमा नाजी बर्दी लगाएर सहभागी भएका ह्यारीको तस्बिर छापेको थियो।

७. १७ वर्षमा कोकिन र इटन कलेजमा गाँजा खाए
१७ वर्षको उमेरमा आफूलाई कोकिन दिइएको उनले बताएका छन्। त्यसपछि पनि अनेक पटक आफूले कोकिन प्रयोग गरेको उनको भनाइ छ। तर, त्यसबाट आफूलाई कहिल्यै मजा नआएको ह्यारीले लेखेका छन्।

इटन कलेजमा विद्यार्थी छँदा पनि आफूले गाँजा तानेको उनले बताएका छन्। बाथरुममा आफूले गाँजा तानिरहँदा उनको बडीगार्डहरु भने भवनबाहिर गस्ती गरिरहेका थिए।

२०१६ मा क्यालिफोर्निया जाँदा आफूले म्याजिक मसरुम पनि खाएको उनले बताएका छन्।

८. ह्यारी इटनमा भर्ना भएको विलियमलाई मन परेको थिएन
ह्यारीका अनुसार उनी इटन कलेज भर्ना हुन लाग्दा दाजुले उनलाई भनेका थिए, ‘ह्यारोल्ड, तिमी मलाई चिन्दैनौ, म तिमीलाई चिन्दिनँ।’

विलियमले ह्यारी आउनुअघिको दुई वर्ष इटन कलेज आफ्ना लागि रमणीय स्थल बनेको बताएका थिए।

‘किनभने त्यहाँ उनलाई सानो भाइको बोझ थिएन। जो उनलाई प्रश्न गरेर हैरान पार्थ्यो र उनको सामाजिक वृत्तमा प्रवेश गथ्र्यो,’ ह्यारी लेख्छन्।

त्यसपछि आफूले विलियमलाई चिन्ता नगर्न भनेको उनको भनाइ छ। ‘म तिमीलाई चिन्छु भन्ने नै बिर्सिदिनेछु,’ ह्यारीले भनेका थिए।

९. अफगानिस्तानमा २५ तालिबान लडाकु मारे
२०१२–१३ मा अफगानिस्तानमा हेलिकोप्टर पाइलटका रुपमा कार्यरत रहँदा आफू ६ वटा मिसनमा सहभागी भएको र प्रत्येक पटक मानिसहरुको ज्यान गएको उनको भनाइ छ।

तर, ती मृत्युलाई आफूले न्यायोचित ठानेको खुलासा उनले गरेका छन्।

‘यो तथ्यांकले मलाई गर्व लाग्दैन। तर, यसबाट म लज्जित पनि हुन्नँ,’ उनले लेखेका छन्, ‘लडाइँको जोस र द्विविधामा परेको बेला मैले ती २५ जनालाई मान्छेका रुपमा हेरिनँ। ती त चेसका गोटी थिए, जसलाई बोर्डबाट हटाइएको थियो। खराब मानिसहरुलाई मारियो ताकि तिनले राम्रा मान्छे मार्न नसकुन्।’

ह्यारीको यो टिप्पणीपछि तालिबानका एक नेता अनस हक्कानीले ट्विट गरेका छन्, ‘मिस्टर ह्यारी, तिमीले मारेकाहरु चेसका गोटी थिएनन्। ती मानिस थिए। तिनका परिवार पनि तिनलाई पर्खिरहेका थिए। अन्तर्राष्ट्रिय अपराध अदालतले तिमीलाई झिकाउने वा मानवअधिकारवादीहले तिमीलाई भर्त्सना गर्ने आशा मलाई छैन।’

बेलायतका एक पूर्वकर्णेलले पनि ह्यारीको यो खुलासा सेनाविरुद्धको प्रहार भएको बताएका छन्।

१०. ह्यारी र मेगनको विवाहका लागि गाउँको गिर्जामा जान विलियमको सुझाव
मेगनसँगको आफ्नो विवाहको विषयमा शाही परिवारले अत्तो थापेको ह्यारीको आरोप छ।

उनका अनुसार सेन्ट पौल गिर्जामा विवाह गर्दा कसो होला भनेर सोध्दा विलियमले त्यो सम्भव नरहेको बताएका थिए। किनभने त्यहाँ चार्ल्स र डायना तथा विलियम र केटको विवाह भएको थियो। बरु, कस्टवल्ड्सस्थित गाउँको गिर्जामा विवाह गर्न उनले सुझाएका थिए।

२०१८ मा ह्यारी र मेगनको विवाह विन्डसर क्यासलस्थित सेन्ट जर्ज गिर्जामा भएको थियो।

११. सार्वजनिक समारोहअघि ‘प्यानिक अट्याक’ हुन्थ्यो
२०१३ मा सार्वजनिक समारोहहरुमा देखिनुपर्ने अवस्थामा आफूलाई चिन्ताले गाँज्ने गरेको उनले उल्लेख गरेका छन्। अन्तर्वार्ता र भाषण दिन असम्भव लाग्नेगरेको उनको भनाइ छ।

भाषणअघि सुट लगाउँदै गर्दा पुरा जिउ पसिनाले भिज्ने उनले बताएका छन्।

‘ब्लेजर लगाएर जुत्ताको तुना बाँध्दासम्ममा मेरो गालामा पसिना दौडिरहेको हुन्थ्यो,’ उनले लेखेका छन्।

१२. विलियम र ह्यारीलाई झगडा नगर्न चार्ल्सको बिन्ती
महारानीका पति फिलिप्सको मृत्युपछि आफू र विलियमबीच झगडा भएको चर्चा उनले गरेका छन्। त्यतिबेला चार्ल्सले उनीहरुको बीचमा उभिएर भनेका थिए, ‘बिन्ती छ, मेरा अन्तिम वर्षहरुलाई थप कष्टदायी नबनाइदेऊ।’

१३. जगेडा छोरा थिए ह्यारी
ह्यारीको जन्म हुँदा चार्ल्सले डायनालाई भनेका थिए, ‘गज्जब। तिमीले मलाई एउटा उत्तराधिकारी र एउटा जगेडा दियौ। तिमीले आफ्नो काम गर्यौ।’

यो कुरा २० वर्ष पुगेपछि आफूलाई कसैले सुनाएको ह्यारीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बाबुले पेट्रोल छर्किएर आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु, श्रीमती घाइते

बाँके, १६ माघ । बाँकेको कोहलपुरमा आफ्नै बाबुले पेट्रोल खन्याएर आगो लगाएर छोराको मृत्यु भएको छ । श्रीमती घाइते छिन् । आइतबार साँझ कोहलपुर नगरपालिका–२

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवालाई भाजपा प्रवक्ता इल्मीले भेटिन्

काठमाडौँ, १६ माघ । तीनदिने नेपाल भ्रमणमा आएकी भारतीय जनता पार्टी (भाजपा) प्रवक्ता साजिया इल्मीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग

आज सहिद दिवस मनाइँदै

काठमाडौँ, १६ माघ । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको

सम्बन्धित

शहीदका सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न प्रधानमन्त्रीको प्रचण्डको आह्वान

पासपोर्ट बनाउनका लागि एक महिने प्रि इनरोलमेन्ट सोमबार सुरु हुने (सूचनासहित)

राजस्व अधिकृत रामजी रिजाललाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा ६ महिना कैद सजाय

रवि लामिछानेको पूर्व उपप्रधानमन्त्रीको हैसियत कायम नहुने कानुविदको ठहर

गृह मन्त्रालय अरु दलले दावी गर्न नपाउने रास्वपा प्रवक्ताको दलिल

परराष्ट्रमन्त्री विमला राईको पहिलो विदेशभ्रमण श्रीलंकाको हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...