ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपाकोट मझुवागढीको आवधिक विकास योजना तयार गरिँदै


एबीसी न्यूज
माघ ११, २०७४ बिहीबार   ११ : २९   बजे

खोटाङ, ११ माघ ।   नगरपालिकामा सञ्चालन गरिने योजनाको प्राथमिकता निर्धारण गर्न पाँचवर्षे आवधिक विकास योजना निर्माण कार्य शुरु गरिएको छ ।

आगामी फागुन मसान्तसम्ममा अन्तिम रुप दिनेगरी शुरु गरिएको रुपाकोट मझुवागढी नगरपालिकाको आवधिक विकास योजना निर्माणका लागि हाल सबै वडाको विषयगत तथ्याङ्क संकलनको कामलाई तीव्रता दिइएको हो ।

यही माघ १२ गतेसम्ममा १५ वटै वडाको समग्र परिचयमुलक तथ्यांक सकंलन गरिसक्ने समयसिमा तोकिएको छ । माघ १३ गतेदेखि तथ्याङ्क प्रशोधन काम शुरु गरेर माघ १८ र १९ गते पाँच वर्षभित्र गर्ने कामको प्राथमिकीकरण (भिजन सेटिङ) गरिने नगर प्रमुख दिपनारायण रिजालले जनाउनुभयो ।

योजनाको प्राथमिकीकरणपछि माघ २० देखि ३० गतेसम्म हरेक वडाको लक्ष्य सहितको विषयगत छलफल गरेर आवधिक विकास योजनाको मस्यौदा तयार गरिने   छ । आवधिक विकास योजनाको मस्यौदालाई प्रमाणीकरणका लागि आगामी फागुन १५ गते कार्यशाला गर्ने र प्रमाणीकरण कार्यशालाबाट प्राप्त सुझावका आधारमा आवधिक योजनालाई अन्तिम रुप दिइने नगरपालिकाले जनाएको छ ।

प्रमाणीकरण प्राप्त आवधिक योजनालाई नगर कार्यपालिकाबाट स्वीकृति प्रदान गरेपछि आवधिक विकास योजनाको अन्तिम टुंगो लाग्ने प्रमुख रिजालको भनाइ      छ । मुलुकका ७५३ स्थानीय तहमध्ये रुपाकोट मझुवागढी नगरपालिका आवधिक योजना बनाउन अघि सर्ने पहिलो स्थानीय तह बनेको दाबी गरिएको छ ।

भौतिक विकास, शिक्षा, स्वास्थ्य, शिक्षालगायतलाई प्राथमिकतामा राखेर आवधिक नगर विकास योजना बनाइने नगरपालिकाले जनाएको छ । दश स्थानीय तह रहेको खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group