ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा सत्ताको खेल चल्दै गर्दा राजेन्द्र लिङ्देन झापामा भक्का खाँदै


एबीसी / संवाददाता

काठमाडौं, ८ पुस । काठमाडौंमा सत्ताको खेल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको प्रधानमन्त्री दाबी गर्न दिएको १० पुसको समयसीमा घर्कंदै गएका बेला कसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने बहस र छलफल सुरु भएको छ । सत्तागठबन्धनमा आबद्ध दलका नेताहरू अहिलेकै गठबन्धनलाई निरन्तरता दिने निर्णयमा पुगेका छन् । तर, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने विषय पेचिलो बन्दा दलहरूबीच सघन छलफल हुन बाँकी नै छ ।

यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी जबर्जस्त रूपमा उदय भएका छन् । यी चारमध्ये जनमत र नागरिक उन्मुक्ति पार्टी सरकारमा जान चाहेका छन् । रास्वपाले पनि सरकारमा जाने मनस्थिति बनाएको छ । तर, उसले अन्य दलसँग छलफल थालेको छैन ।

अघिल्लो निर्वाचनमा एक सिट जितेको राप्रपाले यसपटक प्रत्यक्ष र समानुपातिकमा गरी सात सात सिट जितेर १४ सांसद पाएको छ । तर, राप्रपादले सरकारमा जाने सोच बनाएको देखिन्न । त्यही भएर सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन अहिले सत्ताको खेल चल्दै गर्दा गृहजिल्ला झापा पुगेका छन् । उनले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल एमाले मिलेर स्थिर सरकार बनाउन् भन्ने अभिव्यक्ति दिएका छन् । राप्रपा एमालेसँग गठबन्धन गरेर चुनावमा गएको थियो ।

‘हामी सत्ताको दौडमा छैनौं, अध्यक्ष राजेन्द्र लिङ्देन झापाको आफ्नो निर्वाचन क्षेत्रमा पुगेर थारू परिकार भक्का खाँदै हुनुहुन्छ। काठमाडौंमा नयाँ सरकार गठनको दृश्यरअदृश्य खेलहरु हुँदैछन् । आदेश परमादेशहरुको युग समाप्त गरौं भन्ने हाम्रो अन्तर्मनको पवित्र चाहना हो, यो नै नेपालको दीर्घकालीन हितमा हुनेछ । जनादेशबाट राप्रपा, रास्वपा, जनमत लगायतका नयाँ शक्तिहरुको उदय हुँदैगर्दा चुनावपछिको सरकारमा नेपाली ‘फ्लेवर’ आउनुपर्छ, फेरि पनि अहितकर मिसावटको खतरा देखिँदैछ,’ राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनको फोटोसहित फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

काठमाडौँ, २५ माघ । नेपाली कांग्रेसलाई प्रतिपक्ष र सो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा नदिन माग गर्दै परेको रिटको

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

काठमाडौँ,२५ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिँदै छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत

राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, को–को छन् प्रतिस्पर्धामा ?

काठमाडौँ, २५ माघ । रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचन हुँदै छ । लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रियसभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न

सम्बन्धित

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भूकम्पमा परी टर्कीका गोलरक्षकको मृत्यु

कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको मुद्दाको सुनुवाइ आज

विश्वासको मत लिँदै मुख्यमन्त्री रावल

राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन आज, को–को छन् प्रतिस्पर्धामा ?

बोक्सीको आरोप लाउने दुईजनालाई पाँच वर्ष कैद सजाय

अहिलेको आवश्यकता राष्ट्रिय सहमति : सिके राउत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com