ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्छ : नेताहरु


एबीसी न्यूज

काठमाडौँ, १० माघ ।  विभिन्न राजनीतिक दलका नेताले निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता नारायणप्रसाद साउदले संविधानबमोजिम निर्वाचन हुँदै गएकाले अब मुलुकले विकासको मुहार फेर्ने बताउनुभयो ।

पूर्वमन्त्री साउदले संविधानमा भएका कुरालाई लागू गर्दै जाँदा क्रमशः संविधान कार्यान्वयन हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले जनताले दिएको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो ।

नेकपा (एमाले)का नेता शेरधन राईले निर्वाचनले क्रमशः राजनीतिक एजेण्डा सकिँदै गएकाले अब विकास र समृद्धिको एजेण्डालाई राजनीतिक दलले पछ्याउने बताउनुभयो ।

उहाँले पार्टी एकताबारे नीतिगत र वैचारिक विषयमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको जानकारी गराउँदै चाँडै नै पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “संविधानमा धेरै कुरा छुटेका छन् त्यसलाई समावेश गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो ।

नेता यादवले प्रदेश नं २ मा राजपा र मधेशी जनअधिकार फोरम नेपालबीचको सरकार बन्ने भन्दै मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारेमा दुई पार्टीमा छलफल भइरहेको स्पष्ट पार्नुभयो । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, आजदेखि पसल खुल्ने

६ महिनापछि बोलाइयो काठमाडौँ महानगरको कार्यपालिका बैठक

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटारमा प्रदर्शन गर्ने नेविसंघका ६ नेता पक्राउ

घर बनाउन अब एकै व्यक्तिले ३ करोड सम्म कर्जा पाउने

मौद्रिक नीति, चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनलाई परिमार्जन गरिने

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकता गर्ने लिखित सहमति

राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो

यू–१६ इस्ट जोन कपको उपाधि जितेका खेलाडीलाई क्यानले जनही ५० हजार रुपैयाँ दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com