ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरुले बुझाएको खर्च विवरणमा कांग्रेसलाई ऋण, एमाले र माओवादी फाइदामा


एबीसी न्यूज
माघ ९, २०७४ मंगलबार   ५ : १६   बजे

काठमाडौं,९ काठमाडौं । स्थानीय चुनावसँगै प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पराजय भोगेको नेपाली कांग्रेस आर्थिक रुपमा समेत कमजोर देखिएको छ। निर्वाचन आयोगमा दलहरुले बुझाएको आयव्ययको विवरण अनुसार कांग्रेसलाई करिब ७ करोड रुपैयाँ ऋण लागेको देखिन्छ ।

गत आर्थिक वर्षमा ३ करोड ७ लाख ६९ हजार ४८ रुपैयाँ आम्दानी गरेको कांग्रेसले ९ करोड ७६ लाख ८३ हजार २ सय ४८ रुपैयाँ खर्च गरेको छ। जसका कारण कांग्रेसलाई ६ करोड ६९ लाख १३ हजार ५ सय ४० रुपैयाँ ऋण लागेको देखिएको छ।

भर्खरै मात्र कांग्रेसको प्रवक्ता नियुक्त भएका विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा बुझाएको खर्च विवरणको अध्ययन गर्न बाँकी रहेको बताउँदै आर्थिक रुपमा पार्टीलाई बलियो बनाउन नवीनशैली अपनाउन आवश्यक रहेको बताए। नेपाल लाईभसँग कुरा गर्दै प्रवक्ता शर्माले भने, ुआर्थिक रुपमा पार्टीका कार्यकर्ता तथा नेतालाई आत्मनिर्भर बनाउने योजना अगाडि सारिनेछ।ु

दलहरुले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा दल दर्ता गर्ने समयमा गत आर्थिक वर्षको आयव्यय विवरण बुझाएका थिए।

नयाँ संविधान जारी भएपछिको निर्वाचनबाट ठूलो पार्टी बनेको नेकपा एमालेले गत आर्थिक वर्षमा ९४ लाख १३ हजार ४ सय ४१ रुपैयाँ वचत गरेको छ। एमालेले ६ करोड ४६ लाख ७४ हजार ५३ रुपैयाँ आम्दानीका रुपमा रकम संकलन गरेको थियो भने ५ करोड ५२ लाख ६० हजार ६ सय १२ रुपैयाँ खर्च गरेको थियो।

त्यस्तै, वाम गठबन्धनको अर्को पार्टी माओवादी केन्द्र पनि नाफामा देखिएको छ। ३ करोड ३४ लाख ९३ हजार ४ सय ७९ रुपैयाँ आम्दानी गरेको माओवादीले ३ करोड २७ लाख ९ हजार ४ सय ५९ रुपैयाँ खर्च गरेको छ। गत वर्ष माओवादी केन्द्रले ७ लाख ८४ हजार २० रुपैयाँ वचत गरेको हो।

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीको नियमित आम्दानीको स्रोत भनेको सदस्यता वितरण र नवीकरणबाट आउने रकम नै हो। त्यस्तै, पार्टीका सांसद तथा राजनीतिक नियुक्ति लिएका व्यक्तिले बुझाउने मासिक शुल्क पनि पार्टीको आम्दानी स्रोत हो। राजनीतिक दलहरुले चुनावको समय विभिन्न व्यक्ति तथा संस्थाबाट चन्दा संकलनबाट ठूलो रकम उठाउने गर्छन्। त्यस्तै, विदेशमा काम गर्ने सदस्यले समेत पार्टीलाई विशेष लेबी तिर्ने गर्छन्।

यसैगरी, संघीय समाजवादी फोरम पनि नाफामा देखिएको छ। निर्वाचन आयोगमा बुझाएको विवरण अनुसार फोरमले १ करोड १६ लाख ६९ हजार ४८ रुपैयाँ आम्दानी गरेको थियो भने १ करोड ५ लाख ९९ हजार ३ सय ९६ रुपैयाँ खर्च गरेको थियो। उसको वचन १० लाख ६९ हजार ६ सय ५२ रुपैया छ ।

निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलले प्रत्येक वर्ष माघ मसान्तभित्र पार्टीको वार्षिक आयव्यय विवारण पेश गर्नुपर्ने व्यवस्था छ। राजनीतिक दल सम्बन्धी ऐनले दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र आयव्ययको लेखा परीक्षण गराएर एक महिनाभित्र आयोगमा पेश गर्नुपर्ने प्रावधानमा समेटेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको स्वास्थ्य रिपोर्ट सार्वजनिक: दैनिक ३ औषधि सेवन, तौल घटाउन डाक्टरको सुझाव

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

भारतमा रवि लामिछानेले नेपालीसँग अन्तर्क्रिया गर्ने

नयाँ कर प्रणालीले विद्युतीय गाडीको मूल्य ४० लाखसम्म बढ्ने

एमालेले भन्यो– बजेट गैरजिम्मेवार र हावादारी

सामाजिक सञ्जालबाट उदाएका शक्ति छिट्टै सकिन्छन् : वर्षमान पुन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group