ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा खर्च विवरण नबुझाउने कोे-को ?


admin
माघ ९, २०७४ मंगलबार  २ : ४६ बजे

गुल्मी, ९ माघ । मंसिर २१ गते भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा गुल्मीबाट उम्मेद्धार भएका १० जनाले अझैसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । मतपरिणाम घोषण भएको ३५ दिनसम्म सबै उम्मेद्धारहरुले निर्वाचन खर्च विवरण बुझाउनुपर्ने भएपनि गुल्मीका १० जना स्वतन्त्र उम्मेद्धारले अझैसम्म पनि खर्च विवरण बुझाएका छैनन् ।

निर्वाचन खर्च विवरण नबुझाउनेहरुमा सबै स्वतन्त्र उम्मेद्धारहरु रहेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेद्धार बनेका दोमोदर भण्डारी र लक्ष्मण भण्डारीले खर्च विवरण बुझाएका छैनन् ।

क्षेत्र नम्बर १ को प्रदेश १ बाट पनि ३ जनाले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । यसरी खर्च विवरण नबुझाउनेहरुमा कृष्ण थापा, दिना नाथ ज्ञवाली र रेसम राज न्यौपाने रहेको जिल्ला निर्वाचन कार्यलय गुल्मीका प्रमुख गणेश खत्रीले जानकारी दिए ।

त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट पनि चुरामणी भण्डारीले बुझाएका छैनन् । क्षेत्र नम्बर २ को प्रदेश १ बाट धनिश्वर गौतम र सन्तोष कुँवर तथा क्षेत्र नम्बर २ को प्रदश २ बाट विष्णु सुनार र तेज बहादुर बोहोराले पनि निर्वाचन खर्च नबुझाएको खत्रीले बताए ।

उचित कानुन नभएकोले खर्च विवरण नबुझाउनेलाई हुने कारवाहीको विषयमा पनि केहि जानकारी नभएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ । यद्यपी उनीहरुलाई केन्द्रको निर्वाचन आयोगले कारवाही गर्न सक्ने कार्यलय प्रमुख खत्रीले बताए ।

विजयीमध्ये प्रतिनिधिमा विष्ट र प्रदेशमा बरालले गरे धेरै खर्च

२ प्रतिनिधिसभा र ४ प्रदेशसभामा उम्मेद्धारी दिएका कुल ५२ जनामध्ये ४२ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् । विजयी उम्मेद्धारमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेद्धार गोकर्ण विष्टले धेरै खर्च गरेको पाइएको छ ।

विष्टले २२ लाख ७४ हजार खर्च गरेका छन् भने क्षेत्र नम्बर १ का विजय उम्मेद्धार प्रदिप ज्ञवालीले १८ लाख १ सय ७० खर्च गरेको जिल्ला निर्वाचन कार्यलयले जानकारी दिएको छ ।

त्यस्तै प्रदेशसभातर्फ विजयी उम्मेद्धारमध्ये सबैभन्दा धेरै क्षेत्र नम्बर १ प्रदेश १ का सुदर्शन बरालले खर्च गरेका छन् । बरालले १४ लाख ९२ हजार २ सय ६६ खर्च गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेश २ का सासंद कमलराज श्रेष्ठले ८ लाख ९२ हजार २ सय ८० खर्च गरेको पाइएको छ । क्षेत्र नम्बर २ प्रदेश १ का सासंद खड्ग केसीले १४ लाख ४० हजार र प्रदेश २ का सासंद दिनेश पन्थीले १४ लाख १६ हजार ३ सय ७६ खर्च गरेको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

गुल्मीका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा सबैमा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले जित हात पारको थियो ।

काङ्ग्रेसबाट प्रतिनिधिमा भण्डारी र प्रदेशमा पहराईले गरे धेरै खर्च

निर्वाचनमा सबै स्थानमा नेपाली काङ्ग्रेस प्रमुख प्रतिद्धन्द्धि रहेको थियो । काङ्ग्रेबाट प्रतिनिधिसभामा सबैभन्दा धेरै क्षेत्र नम्बर १ का उम्मेद्धार चन्द्र भण्डारीले गरेका छन् । भण्डारीले कुल २४ लाख २५ हजार खर्च गरेको विवरण निर्वाचन कार्यलयमा पेश गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर २ का उम्मेद्धार चन्द्र केसीले २४ लाख १७ हजार ५ सय खर्च गरेको पाइएको छ । काङ्ग्रेसबाटै प्रदेशसभामा उम्मेद्धार बनेकामध्ये सबैभन्दा धेरै क्षेत्र नम्बर २ प्रदेश २ का छन्दबहादुर पहाराईले गरेका छन् । पहराईले खर्च गर्न पाउने कुल रकम १५ लाख सबै नै खर्च गरेको विवरण पेश गरेका छन् ।

त्यस्तै क्षेत्र नम्बर १ प्रदेश १ का उम्मेद्धार पृथ बहादुर फौजदारले १४ लाख ८३ हजार १ सय र प्रदेश २ का उम्मेद्धार धनेन्द्र कर्कीले १४ लाख ७६ हजार ८ सय खर्च गरेको पाइएको छ भने निर्वाचन क्षेत्र नम्बर २ को प्रदश १ का उम्मेद्धार शालिकराम पन्थीले १४ लाख ७५ हजार निर्वाचन खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यलयले जनाएको छ ।

एबीसी रिर्पोटर हुमाकान्त पोखरेल

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जनकपुरबाट ‘कांग्रेस २०’ को उदय, धनगढीमा बालेनको नयाँ ‘ब्रेक’

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com