ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खालिङ संघ अमेरिका शाखाद्धारा ‘किरात राई संग्रहालय’ बनाउन साढे चार लाख सहयोग


admin

काठमाडौं, ९ माघ । खोटाङमा निर्माणाधिन किरात राई संग्रहालयका लागि किरात खालिङ राई उत्थान संघ, अमेरिका शाखाले ४ लाख ४९ हजार ९४२ रुपैयाँ सहयोग गरेको छ । अमेरिकामा बसोबास गर्ने नेपालीहरुबाट संकलित उक्त रकम सोमबार किरात खालिङ राई उत्थान संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले किरात संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खुम्बुलाई हस्तान्तरण गर्नुभएको हो ।

खालिङ संघ, अमेरिका शाखाका अध्यक्ष मकर बहादुर खालिङ राईका अनुसार अमेरिकाको विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरुबाट स्वेइच्छिक रुपमा रकम संकलन गरिएको थियो । रकम संकलन कार्यलाई सहज बनाउनका लागि क्षेत्रगत रुपमा फरक फरक समिति बनाएर रकम संकलन गरिएको थियो । क्षेत्रगत समितिअन्तर्गत न्यूयोक संयोजकमा संघका अध्यक्ष स्वयं मकर बहादुर खालिङ राई र ममता खालिङ राई, कोलोराडो संयोजकमा आकाश राई, फिलोडेल्फिया संयउोजकमा दुर्गा बहादुर खालिङ राई, पेन्सिलभेनीया संयोजकमा नौबहादुर खालिङ राई र टेक्सास संयोजकमा सर्बधन खालिङ राई रहनुभएको थियो ।

रकम हस्तान्तरणपछि खालिङ संघका केन्द्रीय अध्यक्ष अर्जुन खालिङले यो अभियानको सुरुवात अत्यान्तै महत्वपूर्ण घडिमा भएको उल्लेख गर्दै योजनाअनुरुप पूरा भएपछि यसले किराती समुदायका लागि एउटा नयाँ आयम थप्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाबाट रकम संलनको लागि पहल गर्ने अमेरिका शाखा र सम्पूर्ण दाताहरुलाई संस्थाको तर्फबाट धन्यवाद ज्ञापन गर्दै अध्यक्ष खालिङले संग्रहालय निर्माणको पूर्ण सफलताको शुभकामनासमेत व्यक्त गर्नुभयो ।

अभियानबाट एकमुष्ट रुपमा आएको यो अहिलेसम्मकै सबैभन्दा धेरै रकम भएको संग्रहालय निर्माण समितिका संयोजक खुक्सङ खम्बुले खालिङ संस्था र दाताहरुलाई धन्यवाद दिनुभएको थियो । उहाँले यस प्रकारको सहयोगले संग्रहालय निर्माण अभियानलाई थप उर्जा मिलेको भन्दै समितिले आफ्नो काम कार्यक्रम अत्यान्तै पारदर्शी ढंगबाट समयसिमाभित्रै सक्नेगरी पहल गरिरहेको दाबीसमेत गर्नुभयो । रकम हस्तान्तरण कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष बलबहादुर खालिङ, निवर्तमान महासचिव प्रकाश खालिङलगायतको उपस्थिति रहेको थियो ।

ऐसेलुखर्क गाउँपालिका वडा नं. ५ (साविकको रिब्जुङ महेश्वरी गाविस वडा नं. ३ प्रच्योदेल) मा निर्माणाधिन उक्त संग्रहालयको स्केच सुरुमा स्वर्गीय अर्जुन खालिङले गर्नुभएको थियो । खोटाङ जिल्लाको सुदुर उत्तर–पुर्वी दिशामा अवस्थित रिब्जुङ थुलुङ राईहरुको ऐतिहासिक थलो पनि हो । २ करोड रुपैयाँ बराबरको योजना उक्त संग्रहालय निर्माण कार्य तीन वर्ष्भित्र पूरा गर्ने लक्ष्य समितिले लिएको छ । यसलाई अभियानको रुपमा अघि बढाइएको एक वर्ष पूरा भएको छ । अहिलेसम्म आर्थिक स्रोत जुटाउनेदेखि जग्गाको व्यवस्था गर्ने तथा आधारभूत सामाग्री तयार गर्ने काम भएको निर्माण समितिले जनाएको छ ।

समितिका संयोजक खम्बुकाअनुसार अहिले ८ रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध भइसकेको छ र यसलाई बढाएर भविष्यमा कम्तिमा ५० रोपनी क्षेत्रफल बनाउने योजना छ ।

संग्रहालय किन ?
मकिरात राई जातिको ऐसितहासिक सामाग्री, धार्मिक सामाग्री, साँस्कृतिक सामाग्री, भेषभूषा, गरगहना, कला, साहित्य, सीप जस्ता बहुमुल्य सम्पदालाई संकलन गरी संरक्षण गर्नका लागि किरात संग्रहालय निर्माण गर्न लागिएको हो । भविष्यमा यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै किरात अध्ययन केन्द्रको रुपमा स्थापित गर्ने र्दीकालिन योजना रहेको छ ।

संग्रहालय कस्तो बन्दैछ ?
ज‘दश किरात, दश चुल्हो, एक भान्सा’ भन्ने किराती पूरानो कथन छ । यो कथन यति गहण र मननयोग् छ कि, किरातीहरुको इतिहास, संस्कार, चालचलन संक्षिप्तमा यही एक हरफ वाक्यले बोलेको छ । यही कुरालाई हेक्का राख्दै दश किरातको प्रतिक स्वरुप दश भुजा र दश कोणमा डेकागन आकारमा किरात राई स्रग्रहालय निर्माण गरिने छ । भवन तीन तला गोलाकार हुनेछ । भवनलाई किराती बास्तुकलाले भरपुर सजाइने छ । भवनको धूरीबाट मेटलबाट निर्मित चिण्डोको बर्निङ गजुर राखिने छ । भवन पूर्णतः भूकम्प प्रतिरोधात्मक पक्की बनाइने छ ।

संग्रहालयको बजेट कति ?
इिन्जिनियरिङ स्टिमेटअनुसार किरात राई संग्रहालयको भवन निर्माण गर्नका लागि जम्मा २ करोड रुपैयाँ लाग्नेछ । जसअन्तगृत भवन निर्माणको लागि डेढ करोड, डेकोरोसनका लागि २० लाख, पूराना सामाग्री गरिद तथा निर्माणका लागि २० लाख, प्रकाशन, प्रशासनिकलगायतका लागि १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com