ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहाराविहीनको लागि सहारा परिवार


admin

काठमाडौं, ८ माघ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. ३, हैबुङस्थित हैबुङ महादेवस्थान मावि भवन २०७२ साल बैशाख १२ गतेको विनासकारी महाभुकम्पले बिनासै बनायो । करिब तीनवर्षसम्म अस्थायी टहरामा दुइ सिफ्ट गरी जेनतेन पठनपाठन निरन्तरता दिइरहदा सहारा परिवारद्धारा नवनिर्मित भवन विद्यालयले प्राप्त गर्दा विद्यालय परिवार मख्ख छ। नेपालको राजधानी काठमाडौंसँगै जोडिएको सिन्धुपाल्चोक जिल्लाको उक्त विद्यालय भवन भुकम्पले पुर्ण रुपमा क्षति पुर्याए पनि विद्यालय जस्तो संवेदनशील क्षेत्रका लागि राज्यले संवेदनशीलता देखाएन।हैबुङबासीको पिडामा सहारा विहिनको सहारा बन्दै सहारा परिवारले हैबुङ महादेवस्थान माविमा ५ कोठे विद्यालय भवन निर्माण गरी आइतवार उद्घाटन एवं हस्तान्तरण गरिएको छ ।

?

नवनिर्मित विद्यालय भवनको सहारा युकेका संरक्षक, उद्योगपति अरुणकुमार चौधरी र सहारा युकेका अध्यक्ष मीन गुरुङले भव्य कार्यक्रमको विच उद्घाटन गर्नुभयो । पाँच कोठालाई पाँचैवट सदन कक्ष नाम दिइएको कक्षा कोठाहरुको विशिष्ट व्यक्तित्वहरुले उद्घाटन गर्नुभयो ।सहारा क्लव पोखरा सदन कक्षको सहारा क्लब पोखराका संस्थापक सदस्य शान्ति केसी, सहारा युके सदन कक्षको सहारा युकेका अध्यक्ष मीन गुरुङ, सहारा क्लव हङकङ सदन कक्षको सहारा युकेका पुर्व अध्यक्ष दिलिप गुरुङ, सहारा क्लव अष्ट्रेलिया सदन कक्षको सहारा युकेका प्रमुख सल्लाहकार, सामाजिक अभियन्ता महेस गुरुङ र संरक्षक सहारा युके अरुणकुमार चौधरी सदन कक्षको अरुणकुमारी चौधरी र धर्मपत्नी शिला चौधरीले उद्घाटन गर्नुभयो ।

सहारा परिवारको २० लाख रुपैया र स्थानीय जनश्रमदान २ लाख ६३ हजार ६ सय ५ रुपैया गरी कुल २२ लाख ६३ हजार ६०५ रुपैया लागतमा निर्मित पाँच कोठे विद्यालय भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सहारा युकेका सल्लाहकार अरुणकुमार चौधरीले सहाराको उदाहरणीय कार्यको प्रसंसा गर्नुहुदै आफु दाता नभई दुखको साथी बनेको बताउनुभयो। शिक्षालय भनेको अध्यारोमा उज्यालो छर्ने दियो भएकाले हैबुङ महादेवस्थान माविले अध्यारो चिर्दै उज्यालो प्रकाश दिइरहने विश्वास उहाँको थियो । सहारा युकेले शिक्षा लक्षित कार्य अघि बढाएकाले आफुले हातेमालो गरेको बताउनुहुदै हैबुङ महादेवस्थान माविमा अध्ययन गर्ने एक विद्यार्थीलाई वार्षिक अध्ययन गराउन तमु साँस्कृतिक परिवार नेपालमा १ लाख २५ हजारको अक्षयकोष स्थापना गर्ने उहाँको घोषणा थियो। विद्यालयले इलाइब्रेरीका लागि माग गरेकाले सहारा युके मार्फत आफ्नो सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्थानियबासीको सहकार्यमा काम गर्न आफु इच्छुक रहेको बताउनुहुदै उक्त विद्यालयमा अध्ययन गरेर चौधरी ग्रुपमा रोजगारीका लागि समेत अवसरमा प्राथमिकता दिने उहाँको घोषणा थियो ।

सहारा युकेका अध्यक्ष मीन गुरुङले सहारा परिवारका साथै विद्यालय परिवार र स्थानीयका लागि अत्यन्तै खुशीको दिन भएको बताउनुहुदै खेलकुदको विकासका लागि गठित संस्थाले आवाश्यकता महसुस गरी विद्यालय भवन निर्माण गरेको बताउनुभयो । भवन निर्माणमा सघाउने, सहभागी जनाउने सबैको योगदानप्रति सम्मान व्यक्त गर्नुभयो ।

विद्यालय भवन निर्माण समितिका संयोजक, सहारा युकेका सल्लाहकार योगश गुरुङले आफ्नो लागी जीवनको सबै भन्दा खुशीको दिन भएको बताउनुहुदै भुकम्प पीडितका लागि विद्यालय भवन निर्माणमा सहयोग गर्नुहुने सहारा युकेका पुर्व अध्यक्ष दिलिप गुरुङ लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । भुम्दीकोट समाजको सल्लाहकार प्रमुख समेत रहनु भएका उहाँले हैबुङ महादेवस्थान माविमा अध्ययनरत विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदानका लागि तमु साँस्कृतिक प्रतिष्ठान नेपालले सञ्चालन गर्ने गरी १ लाख २५ हजार रुपैया अध्यक्षकोषका लागि चेक सहारा युकेका प्रमुख सल्लाहकार महेस गुरुङलाई हस्तान्तरण गर्नुभयो । यसअघि उहा र उहाँको धर्मपत्नी मिना गुरुङको तर्फबाट तमु साँस्कृतिक प्रतिष्ठान नेपालमार्फत छात्रवृत्तिका लागि १ लाख २५ हजारको अक्षयकोष स्थापना गरि विद्यार्थीका लागि वर्षेनी छात्रवृत्ति वितरण भईरहेको छ ।

नवनिर्मित विद्यालय भवन उद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्नुहुदै मेलम्ची नगरपालिका वडा नं. ३ हैबुङका वडा अध्यक्ष बसन्त गुरुङले राजधानी नजिकै रहेको हैबुङ बत्तिमुनिको अध्यारो बनेको दुखेसो व्यक्त गर्नुहुदै सरकारले नत भुकम्प पीडितको पीडा बुझ्यो, नत पछाडि पारिएका वर्ग समुदाय, शिक्षाबाट बञ्चित भएकाहरुको आवाज नै सुनेको गुनासो गर्नुहुदै सहारा परिवार हैबुङबासीको सहारा बनेको भन्दै आभार व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक नागेन्द्र मण्डलले विद्यालय भवन निर्माणको प्रतिवेदन प्रस्तुत गर्नुहुदे सहारा परिवार दुखी पीडितको सेवक बन्नु महानता भएको भन्नुहुदै धन्यवाद व्यक्त गर्नुभयो । उहाले एक्काइसौं शताब्दीको विद्यालय शिक्षा गुणस्तरी बनाउन इलाईब्रेरी अत्यावश्यक भएकाले इलाईब्रेरीको मागपत्र कार्यक्रमका प्रमुख अतिथि सहारा युकेका प्रमुख संरक्षक, उद्योगपति अरुण चौधरीलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सहारा युकेको तर्फबाट विद्यार्थीहरुका लागि शैक्षिक सामग्री सहयोग हस्तान्तरण गरिएको थियो भने भवन निर्माणका संयोजक योगेश गुरुङकी धर्मपत्नी मीना गुरुङ र सहारा युकेका पुर्व अध्यक्ष हरि श्रेष्ठकी धर्म पत्नी सरिता श्रेष्ठले विद्यार्थीहरुलाई खाजाका लागि विस्कुट र मिठाई वितरण गर्नुभएको थियो ।

विद्यालयका शिक्षक मोहन तामाङले सञ्चालन र शिक्षिका पुनिता चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यालय भवनका लागि सहारा हङकङ मार्फत ५० हजार रुपैया सहयोग गर्नुभएकी गायिका समृद्धि राईको समेतको उपस्थिती रहेको थियो भने विद्यालयका विद्यार्थीहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए ।

कार्यक्रमका सहभागिताका लागि पुगेका अतिथिहरुलाई विद्यालय परिवारबाट भव्य स्वागत गरिएको थियो भने भवन निर्माणकर्ता संस्थाहरु र निर्माण संयोजक योगेश गुरुङलाई विद्यालयले सम्मान गरेको थियो ।

नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रमका लागि सहारा युकेका कार्यसमिति, भवन निर्माण संयोजक, पुर्व अध्यक्षहरु, सल्लाहकार मेजर डम्बर घले, प्रमुख सल्लाहकार सामाजिक अभियन्ता महेस गुरुङ, शुभेच्छुकहरु लगायत पत्रकारहरु हैबुङ पुगेका थिए ।

२०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट विद्यालय भवन पुर्णरुपमा क्षतिग्रस्त भई सहारा परिवारले ५ कोठे भवन निर्माणका लागि २०७३ साल असोज ११ गते सहारा युकेका पुर्व अध्यक्ष दिलिप गुरुङ र सहारा क्लव पोखराका तत्कालिन अध्यक्ष बीरभद्र आचार्यले संयुक्त रुपमा शिलन्यास गर्नुभएको सहारा युकेका महासचिव कृष्ण गुरुङले जानकारी दिनुभयो ।

उक्त नवनिर्मित भवन निर्माणमा सहारा युकेले ९ लाख ५० हजार, सहाराका संरक्षक अरुणकुमार चौधरीले ५ लाख रुपैया, सहारा हङकङले ५ लाख रुपैया, सहारा अष्ट्रेलियाले ५० हजार रुपैया प्रदान गरेको थियो भने स्थानिय जनश्रमदान २ लाख ६३ हजार ६ सय ५ रुपैया गरी २२ लाख ६३ हजार ६ सय ५ रुपैयामा सम्पन्न भएको सहारा युकेका कोषाध्यक्ष नारायण गुरुङले जानकारी दिनुभयो ।

सहारा युके परिवार पहल, सहारा युकेका संरक्षक अरुणकुमार चौधरीको साथ, सहारा हङकङ र सहारा अष्ट्रेलियाको सहयोग, स्थानीयको लगाव, सहारा क्लव पोखराको अभिभावकत्व र संयोजक योगेश गुरुङको संयोजनकारी क्षमताले हैबुङमा ५ कोठे विद्यालय भवन निर्माण संभव भएको सहकोषाध्यक्ष सारदा गुरुङले बताउनुभयो ।

यसरी नै आइतवार बेलुकी काठमाडौंमा सहारा युकेद्धारा धन्यवाद कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा विद्यालय भवन निर्माणमा विशेष भुमिका निर्वाह गर्नुभएका भवन निर्माण संयोजक योगेश गुरुङ, स्थानिय संयोजनकारी विद्यालयका शिक्षक मोहन तामाङ, पत्रकारहरु हुम तमु, युग गुरुङ, हरिकृष्ण शर्मा, गणेश पाण्डे, न्हुछेमान डंगोल लगायतलाई सम्मान गरिएको थियो भने सकरात्मक सोंचका अभियन्ता कर्ण शाक्यले सकरात्मक सोंचका बारेमा छोटो प्रस्तुति गर्नुभएको थियो कार्यक्रमका सहारा युकेका सल्लाहकार संयोजक महेस गुरुङ, सहाराका शुभचिन्तक स्टेफन, भवन निर्माण संयोजक योगेश गुरुङ, अध्यक्ष मीन गुरुङ र महासचिव कृष्ण गुरुङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नवनिर्मित विद्यालय भवन उद्घाटन समारोहका लागि सहारा युकेका अध्यक्ष मीन गुरुङ, परियोजना संयोजक योगेश गुरुङ, महासचिव कृष्ण गुरुङ, कोषाध्यक्ष नारायण गुरुङ, सहकोषाध्यक्ष सारदा गुरुङको समन्वयकारी पहल र तयारी, सल्लाहकार प्रमुख महेश गुरुङ, सल्लाहकार मे. डम्बर घले, पुर्व अध्यक्ष हरि श्रेष्ठ, पुर्व अध्यक्ष दिलिप गुरुङ, केवी राना लगायतको विशेष साथ र सल्लाहले कार्यक्रम भव्य बनेको विद्यालयका शिक्षक मोहन तामाङले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com