माघ २४ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ मा र सबैभन्दा कम प्रदेश नं ६ मा रहेका छन् । स्थानीय तहमा ७ सय १८ महिला र ७ सय ८८ पुरुष छन् भने प्रदेशसभामा पुरुष ३ सय ६१ र महिला १ सय ८९ मतदाता रहेका छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहने आयोगले जनाएको छ ।
आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३ सय ६७, प्रदेश नं २ मा ३ सय ७९, प्रदेश नं ३ मा ३ सय ४८, प्रदेश नं ४ मा २ सय ३०, प्रदेश नं ५ मा ३ सय ५, प्रदेश नं ६ मा १ सय ९८ र प्रदेश नं ७ मा २ सय २९ मतदाता रहेका छन् ।
आयोगको निर्वाचन तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
आयोगले प्रदेश नं १ को मोरङको विराटनगर, प्रदेश नं २ को धनुषाको जनकपुरधाम, प्रदेश नं ३ को ललितपुरको पाटन, प्रदेश नं ४ को कास्कीको पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरेको छ ।

हेर्नुहोस् सूची :

प्रदेश नं. १ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. १ : प्रदेशसभा सदस्यको नामावली

प्रदेश नं. २ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. २ : प्रदेशसभा सदस्यको नामावली

प्रदेश नं. ३ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. ३ : प्रदेशसभा सदस्यको नामावली

प्रदेश नं. ४ : को गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. ४ : को प्रदेशसभा सदस्यको नामावली

प्रदेश नं. ५ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. ५ : को प्रदेशसभा सदस्यको नामावली

प्रदेश नं. ६ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. ६ : प्रदेशसभा सदस्यको नामावली

प्रदेश नं. ७ : गाउँपालिका/नगरपालिकाका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुखको नामावली

प्रदेश नं. ७ : प्रदेशसभा सदस्यको नामावली