काठमाडौं, १६ असोज । हिन्दुहरुको महान चाड दशैको रौनक बढेपनि सामाजिक अभियान्ता रमेश केसीको टोली भने लामखुट्टे मार्ने अभियानमा जुटेको छ ।डेङ्गुको प्रकोप बढेसँगै काठमाडौंका विभिन्न स्थानमा लामखुट्टे मार्ने अभियानमा सामाजिक अभियान्ता केसीको टोलीले सुरु गरेको हो ।
डेंगु नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसेको अवस्थामा काठमाण्डौ महाराजगन्ज निवासी सामाजिक अभियान्ता केसीले आफ्नो ब्यक्ति गत खर्चमा काठमाडौका विभिन्न स्थानमा पुगेर डेङ्गु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियानमा लाग्नुभएको हो ।
विगत १६ दिनदेखि केसीलगायत उहाँको टिमले यो अभियान सुरु गरेको हो । हिजो १५ दिनमा उहाँको टिमले काठमाडौंको बुढानिलकण्ठ मन्दिरपरिसर , कमल पोखरी मन्दिर र धुम्वाराही क्षेत्रमा लामखुट्टे नष्ट गरेको छ । काठमाडौंका विभिन्न अस्पतालमा साथै अन्य स्थानहरुमा पनि लामखुट्टे मारेर सहयोग गरेको केसीले बताउनुभयो ।
बन्दुक जस्तो देखिने यन्त्रमा डिजेल हालेर लामखुट्टे मारिने र प्रति मिनेटमा १ लिटर डिजेल खर्च हुने केसीले जानकारी दिनुभयो ।त्यस्तै सामाजिक अभियानमा सक्रिय केसीले व्यक्तिगत खर्चमा नै यो अभियान जारी गरेको बताउनुभयो । उहाँ विगत लामो समय देखि सामाजिक कार्यमा संलग्न हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्