काठमाडौं, १४ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगाउन सकेको छैन । बिहीबार मध्यरातसम्म अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले प्रत्यक्षतर्फका उम्मेदवारको सूची तयार नभएको एमालेले जनाएको छ ।
संभावित उम्मेदवारहरुको बारेमा छलफल चलाएपनि कुनै ठोस निर्णय गरिएको छैन । ‘२१ वा २२ गते बस्ने सचिवालय बैठकबाट हामी उम्मेदवारको टुंगो लाग्ने बताइएको छ । मंसिर ४ को प्रतिनिधिसभाको सिटमा को को उम्मेदवार हुने भन्नेबारे प्रारम्भिक छलफल भएको प्रचार विभाग उप प्रमुख विष्णु रिजालले बताए। संभावित उम्मेदवारको बारेमा हामीले छलफल चलेको छ , ‘यो छलफल फेरि पनि केन्द्रीय हेडक्वार्टरले परामर्श लिने काम हुन्छ।’
प्रतिक्रिया दिनुहोस्