काठमाडौं, ६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाएका छन् ।कानुनमन्त्रीले हिरो हुने नाममा पीडितहरुमाथि दमन गरेको भन्दै उनले यस्ता विधेयक च्यातेर फाल्ने बताए । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गरे ।
कानुनमन्त्री गोविन्द बन्दीतर्फ संकेत गर्दै उनले भने, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने रु’ संसदको सबभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग एक वचन सरसल्लाह नगरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मनपरी ढंगले विधेयक ल्याएको छ ।
बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’ उनले अघि भने, ‘पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन । पीडा टुग्याउनुपर्यो, सद्भाव कायम गर्नुपर्यो, मेलमिलाप हुनुपर्यो ।’ स्वेच्छाचारी ढंगले कानून संशोधन गर्न खोजेको भन्दै उनले सरकारलाई खबरदारी गरे ।
२०६२र६३ को जनआन्दोलनको बेला ८ वैशाखमा तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलन टुंगियो भनेर घोषणा गर्दा आफूहरुले छैन भनेर अगाडि बढेको भन्दै ओलीले भने, ‘आफ्ना लागि टुंगियो भनेर हुन्छ रु देशका लागि टुंग्याउनु पर्दैन रु जनताका लागि टुंग्याउनु पर्दैन रु’ अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसलाअनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने उनले बताए ।
पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुंग्याएँ भनेर कसैले घोषणा गर्दैमा नटुंगिने भन्दै ओलीले भने, ‘पीडा थप्न बन्द गर, यथोचित ढंगले न्याय पाउनुपर्छ । मानवताविरुद्धको जघन्य अपराधमा सजाय हुनुपर्छ ।’



















प्रतिक्रिया दिनुहोस्