नेकपा माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम पेश गर्नुभएको हो ।
बैठकमा प्रचण्डले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गर्नुभएको छ । प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षमा कृष्णबहादुर महरा, महासचिवमा देव गुरुङ, उपमहासचिवमा वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव, सचिवमा दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की, कोषाध्यक्षमा श्रीराम ढकाल हनुहन्छ ।
गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो।



















प्रतिक्रिया दिनुहोस्