काठमाडौं,५ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले आज शुक्रवार बिहान नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाट भएको छ ।

भेटमा उपराष्ट्रपति पुनले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाको बारेमा चासो राखेको केपीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिए ।
करिब आधा घण्टा भएको भेटमा देशको समसामयिक राजनीतिक बिषयमा समेत छलफल भएको बताईएको छ ।



















प्रतिक्रिया दिनुहोस्