काठमाडौं, २३ असार । काठमाडौँ । लामो समयदेखि विवादमा परेर अघि बढन नसकेको नागरिकता विधेयक अन्ततः सरकारले आज फिर्ता लिने भएको छ ।गत मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ नागरिकता विधेयक पेस गर्न लागेको हो ।विगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुँदालाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता विधेयक संसदमा पेस गर्न लागेको हो ।
‘जन्मसिद्धका सन्तानले कानुन नहुँदा नागरिकता पाउन सकिरहेका थिएनन्, नयाँ विधेयक ल्याउने भएपछि सो पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्ने छ,’ लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोले भने । उनका अनुसार जन्मसिद्धका सन्तानले वंशजले सरह नागरिकता पाउने पूर्ववत् अधिकार संसदमा नागरिकता विधेयक अडकिँदा कार्यान्वयन हुन सकेको थिएन ।
२२ गते प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका महतोलाई नयाँ नागरिकता विधेयक २३ गतेको बैठकमा पेस गर्न लागेको जानकारी गृह मन्त्री बालकृष्ण खाडले दिएको जनाएका थिए । नागरिकता विधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापन पत्रमार्फत् झकझकाउँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्