काठमाडौं, २६ जेठ । आज पनि काठमाण्डु उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षात भइरहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १, मधेश प्रदेश र बागमतीका केही भू–भागमा मेघगर्जन र चट्टयाङसहित वर्षा भइरहेको छ।
महाशाखाका अनुसार पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व–पश्चिमी न्यूनचापीय रेखाको प्रभाव छ ।महाशाखाका अनुसार बिहीबार दिउँसो प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
यस्तै प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्