दैलेख, २ जेठ । दैलेखको डुंगेश्वर गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका सुन्दर केसी ३४७७ मतका साथ विजयी हुनुभएको छ ।
केसीले कांग्रेसका नगेन्द्रबहादुर मल्ललाई पराजित गर्नुभएको हो । मल्लले ३३३६ मत पाउनुभएको छ ।उपाध्यक्षमा पनि एमालेकै कलावती न्यौपानी ३५७७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँले पनि कांग्रेसकै उम्मेदवारलाई पराजित गर्नुभएको हो कांग्रेकी एलिजा थापा केसीले ३१५२ मत पाउनुभयो । डुंगेश्वरको वडानम्बर ३, ४, ५ , ६ मा एमाले, २ मा कांग्रेस र १ मा माओवादीले जितेका छन् ।
प्रतिक्रिया दिनुहोस्