काठमाडौं । उदयपुरको लिम्चुङवुङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार मेजर राई विजयी भएका छन् ।
अध्यक्ष राईले २ हजार ५१ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजकुमार राईले १ हजार ५ सय ८९ मत ल्याएका छन् ।
अध्यक्ष निर्वाचित राई २०७४ सालमा १ हजार ३ सय ७० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका पुष्प लाल राई निर्वाचित भएका छन् ।
उपाध्यक्ष निर्वाचित राईले १ हजार ९ सय ३३ मत ल्याएका छन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी देविकुमारी कार्कीले १ हजार ७३ मत ल्याएकी छन् ।
प्रतिक्रिया दिनुहोस्