ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैचरणमा स्थानीय तहको मतदान सम्पन्न, उम्मेदवारको भविष्य मतपेटिकामा


एबीसी / संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार   ६ : ०२   बजे

काठमाडौँ, ३० बैशाख । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो । छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोग श्रोतले जानकारी दिएको छ ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको निर्धारित समय छुट्याएपनि ५ बजे अघि लाइनमा बसेकाहरुले मतदान गर्न पाउनेछन् । वर्षा लगायत अन्य कारणले कतिपय स्थानमा मतदान प्रभावित भएको थियो । समग्रमा देशैभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन । यो निर्वाचनले देशभरमा ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्नेछ । जसमध्ये ३ सय ९० जना भने निर्विरोध निर्वाचित भैसकेका छन् । बिभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेकामा ३५ हजार २ सय २१ जना निर्वाचित हुँदा बाँकी भने पराजित हुन पुग्नेछन् ।

७५३ स्थानीय तहमा महानगर पालिकाको संख्या ६,उपमहानगर पालिकाको संख्या ११,नगरपालिकाको संख्या २७६ र गाउँ पालिकाको संख्या ४६० रहेको छ । अब आज निर्वाचन सम्पन्न भएका स्थानीय तहमा उम्मेदवारी दिने सबैको भविष्य मतपेटिकामा कैद भइसकेको छ । नेपालमा प्रजातन्त्र प्राप्तपछि एकै चरणमा स्थानीय तह निर्वाचन भएको यो पहिलो पटक हो । मुलुकमा संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो ।
त्यतिबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आउँदो जेठ ५ गते सकिदैछ । ६ गतेबाट नयाँ निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group