ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकैचरणमा स्थानीय तहको मतदान सम्पन्न, उम्मेदवारको भविष्य मतपेटिकामा


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । शुक्रबार देशभरका ७५३ स्थानीय तहमा जनप्रतिनिधि छान्नका लागि मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजे सम्मको समय तोकेको थियो । छिटफुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको आयोग श्रोतले जानकारी दिएको छ ।

आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्मको निर्धारित समय छुट्याएपनि ५ बजे अघि लाइनमा बसेकाहरुले मतदान गर्न पाउनेछन् । वर्षा लगायत अन्य कारणले कतिपय स्थानमा मतदान प्रभावित भएको थियो । समग्रमा देशैभर कति प्रतिशत मत खस्यो भन्ने आयोगले सार्वजनिक गरिसकेको छैन । यो निर्वाचनले देशभरमा ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जनप्रतिनिधि निर्वाचित गर्नेछ । जसमध्ये ३ सय ९० जना भने निर्विरोध निर्वाचित भैसकेका छन् । बिभिन्न राजनीतिक दल र स्वतन्त्रबाट गरी १ लाख ४५ हजार ११ जना उम्मेदवारले बिभिन्न पदमा प्रतिस्पर्धाका लागि मनोनयन दर्ता गरेकामा ३५ हजार २ सय २१ जना निर्वाचित हुँदा बाँकी भने पराजित हुन पुग्नेछन् ।

७५३ स्थानीय तहमा महानगर पालिकाको संख्या ६,उपमहानगर पालिकाको संख्या ११,नगरपालिकाको संख्या २७६ र गाउँ पालिकाको संख्या ४६० रहेको छ । अब आज निर्वाचन सम्पन्न भएका स्थानीय तहमा उम्मेदवारी दिने सबैको भविष्य मतपेटिकामा कैद भइसकेको छ । नेपालमा प्रजातन्त्र प्राप्तपछि एकै चरणमा स्थानीय तह निर्वाचन भएको यो पहिलो पटक हो । मुलुकमा संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । यसअघि २०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो ।
त्यतिबेला निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आउँदो जेठ ५ गते सकिदैछ । ६ गतेबाट नयाँ निर्वाचित जनप्रतिनिधिले स्थानीय तहको कार्यभार सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com