ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माघीमा रम्दैछन् दाङका थारुबस्ती


एबीसी न्यूज

 दाङ, १ माघ ।  युवती घर लिपपोतमा व्यस्त छन्, पुरुष माघीका लागि मासुको जोहो गर्ने तरखरमा छन् । भाडाकुँडा सबै सफा गरिएका छन् । यो दृश्य आइतबार यहाँका प्रायः सबै थारु बस्ती मा देखिएको थियो ।


थारुगाउँमा थारु समुदायका महिला तथा पुरुष आआफ्नै काममा व्यस्त देखिन्थे । पुरुष सुँगुरको मासु कति काट्नेदेखि लिएर अन्य काममा व्यस्त देखिन्थे भने महिला रोटी पकाउनेदेखि लिएर दुनाटपरी खुट्नमै व्यस्त थिए ।

दिनभर माछा मार्नेलगायतका काममा थारु समुदायका मानिस माघीको तयारी गर्दै थिए । माघीको अघिल्लो दिन सुँगुरको मासु काट्ने, रोटी पकाउनेलगायतका काम तयारीस्वरुप हुने तुलसीपुर उपमहानगरपालिका–६ का ज्ञानसिंह चौधरीले बताउनुभयो ।

उनीहरुले माघीमा जाँड र मासु खानका लागि दुनाटपरी बनाउन लागेको समेत बताएका थिए । आफ्नो घरको आँगनमा बसेर दुनाटपरी बनाउँदै गर्नुभएकी बुझौनी चौधरीले भन्नुभयो “माघीका लागि खानाखान प्रयोग गर्नका लागि दुनाटपरी बनाउँदै गरेकी हुँ । माघीमा घरका सबै परिवार नातेदार र पाहुना धेरै जम्मा हुने भएकाले जाँड, मासु र खाना खानका लागि धेरै चहिन्छ त्यसैले बनाउन लागेको हो ।”

तुलसीपुर–६ को रजौरा बस्तीमा मात्र होइन यहाँका अन्य स्थानका थारु बस्तीमा पनि माघीको रौनक बढ्दै गएको छ । घोराही उपमहानगरपालिका–१२ कपडादेवी मनराखी चौधरी पनि माघीका लागि दुनाटपरी बनाउन मै व्यस्त हुनुहुन्थ्यो आइतबार ।

आफ्ना बुहारीसँगै बसेर दुनाटपरी बनाउन मै व्यस्त मनराखी माघीमा खानको लागि मालुको पातको दुनाटपरी बनाउन
मै व्यस्त हुनुहुन्थ्यो । मालुको पातका दुई किसिमका दुनाटपरी बनाउँदै गर्नुभएकी मनराखीले ठूलो दुना जाँड खानको लागि र सानो टपरी सुँगुरको मासु खानको लागि बनाउन लागेको बताउनुभयो ।

करिब पाँच दिन अगाडिदेखि आफूहरु परिकार बनाउनका लागि लागिपरेको तुलसीपुर उपमहानगरपालिका–१२ नयाँ बस्तीका शारदा चौधरी बताउनुहुन्छ ।

एक महिना अगाडिदेखि नै पातका लागि वन जाने, दाउराका लागि वनमा जाने गरेको भए पनि परिकारका लागि पुस २५ गतेदेखि
आफूहरु लागिपरेको उहाँको भनाइ छ ।

माघीको लागि अचार बनाउँदै गर्नुभएकी शारदाले माघीका लागि विशेष परिकारका रुपमा लिइने ढिक्री माघ १ गते बनाउने
भए पनि अन्य रोटीलगायत अचार बनाउने काम गरिरहेको बताउनुभो । सबै परिकार आफूले तयार गरिसकेको, शुक्रबार र शनिबार माछा मार्ने काम गरेको चौधरी बताउहुन्छ ।

माघ १ गते बिहानमा ढिक्री बनाउने चलन रहेको र माघ १ गते सबै जम्मा भएर खाने रमाउने गर्ने चलन रहेको उहाँको भनाइ छ । “सबै परिकार बनाइसके अब माघ १ गते बिहानमा ढिक्री बनाउने हो” उहाँले भन्नुभयो– “माघीमा सबैजम्मा हुने रमाउने यही त हो नि ।” माघमा ढिक्री बनाउने चलन रहेको भए पनि माघको १ गते बनाउने गरिन्छ । यस्तै माघीमा माछा मार्ने चलन पनि रहेको छ ।

माघीमा माछा मार्ने प्रचलन रहेकाले आफूहरु माछा मार्नको लागि बबई नदीमा आएको बबई नदीमा माछा मार्दै गरेकी तुलसीपुर उपमहानगरपालिका–१७ की लीला चौधरीले भन्नुभयो “माछा मार्नका लागि गाउँमा युवायुवती जम्मा यहाँ आएका हौँ ।” “माघीमा माछा मार्ने प्रचलन रहेको छ” रमाइलो हुन्छ माछा मार्न उहाँले भन्नुभयो ।

माघीलाई थारुको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ ।

पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार), माछालगायतको परिकार बनाएर जाँड, रक्सीको साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । नुहाइसकेपछि घरमा आइ दाल, चामल, नुन छोएर आफ्ना छोरी चेलीलाई टीका लगाइदिने चलन पनि रहेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिजिट भिसा प्रकरणको गहिरो छानबिन आवश्यक छ- अध्यक्ष प्रचण्ड

भ्रष्टाचार सम्बन्धी अनुसन्धानलाई सरकारले कमजोर बनायो- प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

चलचित्र “चे”ले जित्यो विशेष चलचित्र पुरस्कार

काम नगर्ने ठेकेदार कम्पनीहरूलाई धमाधम कालोसूचीमा राख्दै छौँ- मन्त्री दाहाल

प्रचण्डलाई ओलीको जवाफ– ‘तपाईंका न कुनै वाचा, न कुनै निर्णय, न कुनै काम’

विपक्षीको बहिष्कारबीच मधेशको बजेट पारित

स्पेन प्रकरण, भिजिट भिसामा गएकाहरू फर्के नफर्केको जाँच प्रहरीले गर्ने

प्रधानमन्त्रीलाई गगन थापाको आग्रह- सामान्य प्रशासन मन्त्रीलाई तत्काल बर्खास्त गर्नुस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com