ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले संसद विघटन गरे सदर हुन्छ, एमालेले गरे बदरः अध्यक्ष ओली


एबीसी / संवाददाता
बैशाख २७, २०७९ मंगलबार  ८ : १७ बजे

काठमाडौं, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको टिप्पणी गरेका छन् ।

मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै उनले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले भंग गर्दा अवैधानिक भनिएको टिप्पणी गरेका छन् । ‘कांग्रेसले भंग गर्दा सदर हुन्छ, एमालेले भंग गर्दा बदर हुन्छ । कांग्रेसले भंग गर्दा संविधान बमोजिमर लोकतान्त्रिक हुन्छ, एमालेले भंग गर्दा गर्दा अवैधानिक र अलोकतान्त्रिक हुन्छ । अदालतले त्यही फैसला गरिआएको छ अहिलेसम्म ।’

ओलीले आफूहरु अदालत सम्मानित र जनताले विश्वास गर्न लायक होस् भन्ने चाहने बताएका छन् । न्यायाधीशको नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष र तटस्थ होस् भन्ने आफूहरुको चाहना रहेको तर पार्टीका कार्यकर्ता एकैपटक न्यायाधीश हुने गरेको उनले बताउनुभयाे ।

‘यहाँ त आफ्ना पार्टीका कानुन पढेका कार्यकर्ता एकैपटक लगेर न्यायाधीश बनाइदिएको छ, तिनको फैसला के हुन्छ रु’ ओलीले भने, ‘जुन पार्टीले नियुक्ति गरेको छ, त्यो पार्टीको कार्यालयबाट जे आदेश आउँछ, त्यही हुन्छ, यस्तो न्यायालय बनाएर भएन, यस विषयमा हामी आम निर्वाचनपछि छलफल गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com