ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलौराकोटमा शुद्धोधन दरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् सुरु


admin

कपिलवस्तु, पुस २६ । कपिलवस्तुको तिलौराकोटस्थित राजा शुद्धोधनको राजदरबारको मुख्य भाग फेला पार्न चौथो पटक उत्खनन् कार्य सुरु गरिएको छ । पुरातत्व विभागले भौगर्भिक सर्वेक्षण तथा अन्वेषण गरेपछि उत्खनन् सुरु गरिएको हो ।
उत्खननबाट प्राचीन शहरको महत्वपूर्ण भाग फेला पर्ने पुरातत्व विभागका अधिकृत रामबहादुर कुव“रले बताएका छन् ।

उत्खननु टोलीमा बेलायतको दुर्हम विश्वविद्यालयका विज्ञ, पुरातत्व विभाग र लुम्बिनी विकास कोष, त्रिभुवन विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालयका विद्यार्र्थी सहभागी छन् ।
जापानी नागरिक कासाईको सहयोगमा गर्न लागिएको उत्खनन्को काम ५५ दिनभित्र सकिने बताइएको छ ।

तिलौराकोट दरबारको सेन्ट्रल कम्प्लेक्सको दुई स्थान र समयमाई मन्दिरको किनारमा उत्खनन् गर्न लागिएको हो ।

उत्खनन्सँग बुद्धसँग सम्बन्धित अन्य क्षेत्रको अन्वेषण गरिने भएको छ । पुरातत्व विभाग र लुम्बिनी विकास कोषले सन् २०१४ देखि उत्खनन् र अनुसन्धानको काम गर्दै आएका छन् ।

यसपटक तिलौराकोट क्षेत्रको उत्खननसँगै केही महत्वपूर्ण बुद्धस्थलहरु तिलौराकोट नजिकका चेत्रादेइ, सगरहवा, कर्मा, अरौराकोट, गोटिहवा, निग्लिहवा, सिसहनिया, नवलपरासीको रामग्राममा अध्ययन र अन्वेषण गरिने भएको छ ।

अन्वेषणका क्रममा मेसिन, फिल्ड सर्वेक्षण, भिजिटर सर्वेक्षणलगायतका काम पनि गरिने बताइएको छ ।

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न प्रस्ताव गरिएको छ । यसका लागि आवश्यक प्रमाण र कागजपत्रहरु जुटाउने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक निरीक्षकको शव भेटियो चितवनमा

सरकार र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com