ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने


एबीसी / संवाददाता

काठमाडौं । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेद्वारा बुधबार जारी गरिएको आदेशमा गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्नुपर्ने, भौतिक रुपमा उपस्थित भइ गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुनुपर्ने उल्लेख छ । त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार र मानिसको भीडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्नुपर्नेछ । विश्वविद्यालय, विद्यालय, टु्युशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा भौतिक उपस्थिति नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाई विधि अपनाई सञ्चालन गर्न समेत आदेशमा भनिएको छ । धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्न पाइनेछ । शुक्रबारदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड ९मोबाइलमा फोटो भए पनि हुने० अनिवार्य साथमा बोक्नुपर्ने व्यवस्था गरिएको आदेशमा उल्लेख छ । त्यस्तै धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी व्रतबन्ध, मृत्यु संस्कारलगायत अत्यावश्यक परम्परागत क्रियाकलाप सञ्चालन गर्दा ५० जना भन्दा बढी नहुने गरी जनस्वास्थ्यको मापदण्डपालना गर्नेगरी मात्र सञ्चालन गर्न प्रशासनले सबैमा आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भौतिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड पूर्ण पालना हुने गरी अनिवार्य मास्कको प्रयोगमार्फत सेवा प्रवाह गर्न होटल व्यवसायीलाई निर्देशन दिएको छ । सो क्रममा बिना मास्क आउने सेवाग्राहीलाई तोकिएको शुल्क तिरेर मास्क प्रयोग गरी मात्रै प्रवेश गर्न दिने र होटलले चेक इन गर्दाको अवस्थामा २४ घण्टाभित्र आफ्नो होटलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने र सो को विवरण डिसिएमसीलाई उपलब्ध गराउने निर्देशन दिएको छ । सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्कको अनिवार्य गर्ने, कुनै यात्रुले मास्क नलगाएमा चालक वा सहचालकले बढीमा रु पाँच लिई मास्क उपलब्ध गराउने, सवारीसाधनको ढोका र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्ने, चालक र सहचालकले अनिवार्य फेसशिल्ड लगाउने र सवारीसाधनलाई दैनिक निसङ्क्रमण गर्नुपर्ने जारी आदेशमा उल्लेख छ । सबै प्रकारका व्यवसायको अग्रपङ्क्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको २ पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउन पाउने व्यवस्था गर्न प्रशासनले आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com