ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान तत्काल संशोधन गर्नुपर्छ– उपेन्द्र यादव


एबीसी / संवाददाता
मंसिर २४, २०७८ शुक्रबार  ७ : ०७ बजे

काठमाडौं । उदघाटन समारोहमा मन्तव्य दिंदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश तथा विभिन्न आन्दोलनका उपलब्धिलाई सम्बोधन गर्ने गरी संविधानलाई अविलम्ब संशोधन तथा परिमार्जन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने समेत बताउनुभयो । विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुने उहा“को भनाइ थियो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहु“दा सरकार पनि स्थिर नरहने बताउनुभयो । उहा“ले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताउनु भएको हो । संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर जान थालेको बताउनु भयो । उहा“ले देश राजनीतिले ठिक लगाउनुपर्ने भए पनि नेताहरुप्रति जनताको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । अध्यक्ष लिङ्देनले संसद संसद जस्तो नभएको, सरकार र अदालत सरकार र अदालत जस्तो नभएको पनि बताउनु भयो । कांग्रेसको महाधिवेशन औपचारिकता मात्र सिमित नभएर नेतृत्व परिवर्तन गर्ने र नेताप्रति बिग्रिएको छवि पनि सुधार्न केन्द्रीत हुनुपर्ने उहा“को सुझाव थियो ।

नेकपा मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापनास“गै नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको बताउनुु भएको छ । मैनालीले मुलुकका सामु निकै धेरै चुनौती देखा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहा“ले बीपी कोइरालाको अगुवाइमा प्रजातान्त्रीकरण सुरु भएस“गै बाह्य हस्तक्षेप बढेको बताउनुभयो । हस्तक्षेप र प्रभावले अहिलेसम्म पनि मुलुकले सही दिशा लिन नसकेको उहा“ भनाई छ ।

आफ्नो सम्बोधनमा भारतीय जनता पार्टीका नेता डा हर्षवर्द्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनु भएको छ । उहा“ले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com