काठमाडौं । उदघाटन समारोहमा मन्तव्य दिंदै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेश तथा विभिन्न आन्दोलनका उपलब्धिलाई सम्बोधन गर्ने गरी संविधानलाई अविलम्ब संशोधन तथा परिमार्जन गर्नुपर्ने बताउनु भयो । अध्यक्ष यादवले निर्वाचन प्रणाली र शासकीय स्वरूप फेर्नुपर्ने समेत बताउनुभयो । विगतमा मधेश आन्दोलनका बेला भएका सहमति कार्यान्वयन गर्न अब ढिला गर्न नहुने उहा“को भनाइ थियो ।
यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहु“दा सरकार पनि स्थिर नरहने बताउनुभयो । उहा“ले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताउनु भएको हो । संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताउनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिक बाहिर जान थालेको बताउनु भयो । उहा“ले देश राजनीतिले ठिक लगाउनुपर्ने भए पनि नेताहरुप्रति जनताको विश्वास गुम्दै गएको उल्लेख गर्नुभयो । अध्यक्ष लिङ्देनले संसद संसद जस्तो नभएको, सरकार र अदालत सरकार र अदालत जस्तो नभएको पनि बताउनु भयो । कांग्रेसको महाधिवेशन औपचारिकता मात्र सिमित नभएर नेतृत्व परिवर्तन गर्ने र नेताप्रति बिग्रिएको छवि पनि सुधार्न केन्द्रीत हुनुपर्ने उहा“को सुझाव थियो ।
नेकपा मालेका महासचिव सीपी मैनालीले प्रजातन्त्र स्थापनास“गै नेपालमा बाह्य हस्तक्षेप र प्रभाव बढ्दै गएको बताउनुु भएको छ । मैनालीले मुलुकका सामु निकै धेरै चुनौती देखा परेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहा“ले बीपी कोइरालाको अगुवाइमा प्रजातान्त्रीकरण सुरु भएस“गै बाह्य हस्तक्षेप बढेको बताउनुभयो । हस्तक्षेप र प्रभावले अहिलेसम्म पनि मुलुकले सही दिशा लिन नसकेको उहा“ भनाई छ ।
आफ्नो सम्बोधनमा भारतीय जनता पार्टीका नेता डा हर्षवर्द्धनले नेपालमा कुनै दुःख पर्दा भारत सरकार र भारतीय जनताको पनि मन दुख्ने गरेको बताउनु भएको छ । उहा“ले विगतमा नेपालमा गोरखाको भूकम्पका समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा तत्कालै उद्धार, राहत र सहयोग पु¥याएको घटना स्मरण गर्दै कोभिड–१९ विरुद्धका लडाईमा पनि भारतले औषधि, भेन्टिलेटरलगायतका सक्दो सहयोग गरेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्