काठमाडौं । प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले सहकारी समृद्ध भए मात्र मुलुक समृद्ध हुने धारणा व्यक्त गर्नुभएको छ । झापाको पुरानोमध्येको महेन्द्रद्वार सहकारी संस्थाको काँकडभिट्टामा आज भएको ३२औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा उहाँले गरिबी र बेरोजगारी समस्या हल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो । “देशमा बढिरहेको गरिबी र बेरोजगारी समस्याको अन्त्य सहकारीले गर्न सक्दछ”, उहाँले भन्नुभयो, “उत्पादनमूलक क्षेत्रमा लगानी गरेर सहकारीले नेपालीको जीवनस्तर उकास्न मद्दत पु¥याइरहेको छ । देशलाई आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा बलियो बनाउन सहकारीले योगदान दिनुपर्छ ।”
नेपालीको आयस्रोत कमजोर रहेको, गरिबीले सताएको र रोजगारीको खोजीमा विदेशिनुपर्ने बाध्यता सिर्जना भएको उल्लेख गर्दै उहाँले शिक्षा, स्वास्थ्य र पर्यटन विकासका अग्रसर हुन सहकारी संस्थालाई आग्रह गर्नुभयो । सरकारले तीन खम्बे अर्थनीतिअन्तर्गत सहकारीलाई आर्थिक विकासको महत्वपूर्ण आधारको रूपमा लिएको उल्लेख गर्दै प्रमुख प्रमुख खापुङले सहकारी क्षेत्रलाई व्यापार घाटा न्यूनीकरण र निर्यात प्रवद्र्धनमा जोड दिने गरी आर्थिक गतिविधि बढाउन सुझाव दिनुभयो ।
उहाँले आयात प्रतिस्थापन हुने अभियान आजको मुलुकको आवश्यकता भएको र त्यसमा सहकारी क्षेत्रले अग्रणी भूमिका खेल्नुपर्ने बताउँदै विदेशबाट प्राप्त रेमिट्यान्समा मात्र मुलुकको अर्थतन्त्र चल्ने अहिलेको अवस्थामा परिवर्तन ल्याउन जरुरी रहेको औँल्याउनुभयो । संस्थाका अध्यक्ष राजकुमार दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख खापुङले संस्थाका संस्थापक, पूर्वअध्यक्ष, कार्य समितिका पूर्वसदस्य र सल्लाहकारलगायत ३६ जनालाई सम्मान गर्नुभएको थियो ।
झापाको पुरानोमध्येको यस सहकारीलाई पुनः चलायमान बनाउँदै संस्थाको वत्र्तमान नेतृत्वले जडीबुटीजन्य उद्योगसमेत सञ्चालन गरिरहेको छ । साधारण सभाको उद्घाटन सत्रमा नेकपा ९एमाले० मेचीनगर अध्यक्ष राजु दाहाल, नेपाली कांग्रेस मेचीनगर सचिव मुकेश लिम्बू, नेकपा ९माओवादी केन्द्र०का मेचीनगर सचिव ज्ञानेन्द्रकुमार घिमिरे, जनता समाजवादी पार्टी नेपालका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङलगायतले मन्तब्य राख्दै सहकारीले सदस्यको हित र मुलुकको आर्थिक विकासमा ध्यान दिनुपर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्