ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी एफ–३५ लडाकु विमानको आपतकालीन अवतरण, चालकको अवस्था स्थीर


एबीसी न्यूज
चैत्र ६, २०८२ शुक्रबार  ७ : ४५ बजे

काठमाडौं, ६ चैत्र । इरानमाथि आक्रमण गर्न गएको अमेरिकाको एक एफ–३५ लडाकु विमानले मध्यपूर्वस्थित एक सैन्य अड्डामा आपतकालीन अवतरण गरेको छ ।

सो विमान इरानको आक्रमणमा परेको अनुमान गरिए पनि पुष्टि भएको छैन ।अमेरिकी सैन्य अधिकारीहरूका अनुसार विमान सुरक्षित रूपमा अवतरण भएको छ भने पाइलटको अवस्था स्थिर रहेको बताइएको छ । अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विज्ञप्ति जारी गर्दै इरानमाथि लडाकु मिसन सम्पन्न गरेपछि विमानले क्षेत्रीय अड्डामा आपतकालीन अवतरण गरेको जानकारी दिएका छन् । ‘विमान सुरक्षित अवतरण भएको छ र पाइलटको अवस्था स्थिर छ । घटनाबारे अनुसन्धान भइरहेको छ,’ उनले भनेका छन् ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनले स्रोतहरूलाई उद्धृत गर्दै करिब १०० मिलियन डलर मूल्य पर्ने उक्त विमान इरानको आक्रमणमा परेको हुन सक्ने जनाएको छ । तर अमेरिकी पक्षले आपतकालीन अवतरणको स्पष्ट कारण अझै खुलाएको छैन । अल जजिराका अनुसार एफ–३५ स्टेल्थ लडाकु विमान सन् २०१८ देखि युद्धमा प्रयोग हुँदै आएको भए पनि आक्रमणबाट प्रभावित भएको पुष्टि भएको घटना यसअघि सार्वजनिक भएको छैन ।

मार्च १ मा भने अमेरिकी तीन वटा एफ–१५ इ स्ट्राइक इगल विमानहरु कुवेती एफ÷ए–१८ द्वारा ‘फ्रेन्डली फायर’ मा खसालिएका थिए । सबै ६ जना चालकदल सदस्य सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए । यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले एक अमेरिकी विमानलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ ।फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वयता अमेरिकाले करिब १२ वटा एमक्यू–९ रिपर ड्रोन गुमाएको रिपोर्टहरूमा उल्लेख छ । साथै, साउदी अरेबियास्थित एक अड्डामा इरानी क्षेप्यास्त्र आक्रमणबाट इन्धन भर्ने पाँच वटा विमान क्षतिग्रस्त भएको पनि बताइएको छ, यद्यपि यी विवरण स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।अहिलेसम्म इरानसँगको युद्धमा कम्तीमा १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएका छन् । इरानतर्फ भने १ हजार ४४४ जनाको मृत्यु र १८ हजार ५५१ जना घाइते भएको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी लक्ष्य यथावत्

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले इरानविरुद्धको युद्धमा आफ्नो देशका उद्देश्यहरू सुरुदेखि जस्तै यथावत् रहेको बताएका छन् । उनका अनुसार अमेरिकाले हालसम्म इरानभित्र ७,००० भन्दा बढी लक्ष्यमा आक्रमण गरिसकेको छ भने ४० भन्दा बढी बम बिछ्याउने जहाज र ११ वटा पनडुब्बीलाई निशाना बनाएको छ । ‘हाम्रा उद्देश्यहरू पहिलो दिनदेखि जस्तै छन्– इरानका क्षेप्यास्त्र प्रक्षेपण प्रणाली नष्ट गर्नु, रक्षा औद्योगिक संरचना र नौसैनिक क्षमतामा क्षति पुर्‍याउनु र उसलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु,’ उनले भनेका छन् । अभियान कहिलेसम्म चल्ने भन्ने कुनै निश्चित समयसीमा नरहेको पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चारजनाविरुद्ध मुद्दा

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

सम्बन्धित

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

आशिका तामाङको निर्देशनविरुद्ध धादिङका पालिकाहरू प्रतिवादमा

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com