दक्षिण अफ्रिका । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिमा कोरोनाको नया“ भेरियन्ट ’ओमिक्रोन’का शङ्कास्पद सङ्क्रमित भेटिएपछि जर्मनीमा उच्च सतर्कता अपनाइएको छ । दक्षिण अफ्रिकाबाट फर्किएका एक व्यक्ति नया“ भेरियन्टबाट सङ्क्रमित भएको हुनसक्ने पश्चिमी राज्य हेस्सीका सामाजिक मामिलामन्त्री काइ क्रोजले ट्विटमा उल्लेख गर्नुभएको छ । उहा“ले ती व्यक्तिमा ‘ओमिक्रोन’ भेरियन्टको बलियो सम्भावना रहेको र होम क्वरेण्टीनमा राखिएको बताउनुभएको छ । तर पुष्टिका लागि थप अनुसन्धान हुन बा“की नै रहेको समाचार संस्था एएफपीले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले नया“ भेरियन्ट ओमिक्रोनलाई चिन्ताको विषय घोषणा गरेको छ ।
यता अस्ट्रेलियामा पनि कोरोना भाइरसको नया“ भेरियन्ट (ओमिक्रोन स्ट्रेन) देखिएको छ । अस्ट्रेलियाका स्वास्थ्य अधिकारीहरूले आइतबार सिड्नीमा दक्षिणी अफ्रिकाका २ यात्रुहरूको स्वास्थ्य परीक्षण गर्दा पहिलोपटक कोभिड ओमिक्रोन स्ट्रेन पत्ता लागेको जनाएका छन्। पूर्वी राज्य न्यू साउथ वेल्सको स्वास्थ्य प्राधिकरणले शीघ्र जीनोमिक परीक्षण उक्त सङ्क्रमण भेटिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्