ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फजुल खर्च घटाउँछौँ – मुख्यमन्त्री पाण्डे


एबीसी / संवाददाता

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फजुल खर्च घटाउनेतर्फ आफुले ध्यान दिने बताउनुभएको छ । वाग्मती प्रदेशसभाको आज बसेको बैठकमा उहाँले विश्वासको मत लिन प्रस्ताव प्रस्तुत गर्ने क्रममा अनावश्यक प्रशासनिक खर्च घटाएर जनताको आर्थिक अवस्थामा सुधार हुने कार्यक्रम ल्याइने बताउनुभयो ।

बैठकमा प्रदेशसभा सदस्यहरुले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले मौजुदा संविधान, सङ्घीयता र प्रजातन्त्रको संवद्र्धनका लागि गठबन्धनको सरकार अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । सरकारले विभिन्न जिल्लामा पारदर्शी र निष्पक्षका साथ विकासका पूर्वाधारका लागि योजना र बजेट बाँडफाँड गरिने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गरिने उल्लेख गर्नुभयो ।

गठबन्धन दलका तर्फबाट नेकपा माओवादी केन्द्र का संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संविधान, संसदीय प्रजातन्त्र र सङ्घीयतालाई जीवन्त पार्न गठबन्धन दलबीच सहमति आवश्यक भएको धारणा राख्नुभएको थियो ।

बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले मौजुदा सरकारले प्रदेशको विभिन्न जिल्लाका जनतालाई प्रभाव पार्ने नीति कार्यक्रम, आर्थिक योजना र आर्थिक मितव्ययिता ल्याउने कार्यक्रम स्पष्ट नभएको आरोप लगाउनुभएको थियो । नेपाल मजदुर किसान पार्टी संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले दलहरुले दलगत स्वार्थका लागि मात्र काम गरेको धारणा राख्नुभएको थियो । बैठकमा विवेकशील साझा पार्टीको संसदीय दलका नेता रमेश पौड्याल र जनता समाजवादी पार्टी ९जसपा० संसदीय दलका नेता प्रेमबहादुर तामाङले समेत आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com