काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संविधान विपरीत परमादेश मार्फत् ’सेटिङ’मा राज्यसत्ता परिवर्तन गराउ“दा आफ्नै विश्वास र मर्यादा गुमाएको आरोप लगाउनुभएको छ ।रोल….
एमाले मोरङले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा ओलीले सर्वोच्च अदालतले राष्ट्रपतिको अधिकारसमेत खोसेर आफ्नो नेतृत्वको सरकार विस्थापीत गर्न पञ्चमुखी गठबन्धस“ग ’सेटिङ’ गरेको खुलासा भएको आरोप लगाउनुभयो । जसले गर्दा अदालतको शाख नै गिरेको उहा“को जिकिर छ ।
ओलीले सर्वोच्च अदालतको काम संविधान व्याख्या गर्ने भए पनि सरकार परिवर्तन गर्नेतर्फ लागेर स्वतन्त्र न्यायालयको धज्जी उडाएको आरोप लगाउनुभयो ।। प्रतिनिधिसभामा दुईतिहाइ बहुमत भएको प्रधानमन्त्रीलाई हटाएर २३ सिट भएको दलको नेतालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश ठोकेको उहा“को भनाइ थियो । संसद्को सबैभन्दा ठूलो दलका नेतलाई प्रधानमन्त्रीको उम्मेदवार नै हुन नपाउने परमादेश ठोकेर सर्वोच्चले आफ्नै मर्यादा गुमाएको उहा“को आरोप थियो । यस्तै सेटिङमा जागिर खाने कर्मचारीले राज्यसत्ता परिवर्तन गर्दा अहिले सर्वोच्च अदालत विवादमा फसेको ओलीको आरोप छ । उहा“ले यस्तै सेटिङका अरु बु“दा विस्तारै खुल्दै जाने र त्यसपछि सर्वोच्चको शाख झन् गुम्ने निश्चित भएको दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्