काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालगत्तै सुदूरपश्चिमको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा विभिन्न स्थानमा आयोजना गरिने कार्यकर्ता भेलालाई सम्बोधन गर्न शनिबार धनगढी आउनुभएका बरिष्ठ नेता पौडेलले अर्ली इलेक्सन सम्भव नरहेकाले संसदले पूर्ण कार्यकाल काम गर्नुपर्ने बताउनुभयो । धनगढी विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै पौडेलले अर्ली इलेक्सन सम्भव नरहेको र संसदले पूर्ण कार्यकाल काम गर्न पाउनुपर्छ भनेर नै हिजो आफूहरु अदालत गएका बताउनुभयो ।
बरिष्ठ नेता पौडेलले संसदको काम कारबाही अगाडि बढाएर सरकारले आफ्नो क्षमता देखाउनुुपर्ने धारणा व्यक्त गर्नुभयो । बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेर शुुक्रबार काठमाडौं फर्किएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीमै सञ्चारकर्मीहरुस“ग बोल्दै अर्ली इलेक्सनबारे गठबन्धनका नेताहरुस“ग परामर्श गर्ने प्रतिक्रिया दिनुभएको थियो ।पौडेलले अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिममा ठूलो जनधनको क्षति गरेकाले सरकारले तत्काल प्याकेजमै राहतका कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो । त्यसका लागि आफूले सरकारको ध्यानाकर्षण समेत गराइसकेको उहा“ले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्