काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले धुलिखेल पुगेर जिपलाइन खेलर अनुभव लिनुभएको छ । पारिवारिक भ्रमणका क्रममा नाति नातिनीसहित धुलिखेल पुग्नुभएका प्रचण्ड आफैँले क्लासिक जिपलाइनको अनुभव लिनुभएको हो । साहासिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको मज्जा लिएको बताउनुभयो । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको उहाँको भनाइ छ ।
सिन्धुपाल्चोकमा वल्ड वाइड एड्भेन्चर प्रा. लि. मार्फत् धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सञ्चालनमा छ । जिपलाइनको टेक अफ देखि ल्याण्डिङ स्टेसन सम्मको जिपलाइन दूरी ११ सय मिटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ । काठमाडौंबाट करिव ३५ किलोमीटर दूरीमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यावसायिकरुपमा शुरु भएको हो ।
धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पा“चखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ । क्लासिक, सुपरम्यान र टेन्डम गरि ३प्रकारका जिपलाइन खेल्न पाइन्छ । खावास्थित ल्याण्डिङ स्टेसनमा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहा“बाट लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्