काठमाडौं । प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिषर तनावग्रस्त बनेको छ ।
पीडितका आफन्त सहित ठूलो संख्याको भीडले प्रहरी माथि आक्रमण थालेपछि दोहोरो झडप समेत भएको छ । ढुङ्गामुडा पश्चात प्र्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरी सहित १२ जना बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् । उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट हात्महत्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताउनुभयो । उहाँले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने बताउनुभयो । झडपका क्रममा प्रहरी कार्यालय र परिषरका संरचनामा क्षति समेत पुगेको छ । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा रहेको सुनसरी प्रहरीले जनाएको छ । पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्