काठमाडौँ । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गरिएकोमा पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको उहांनिकट विद्यार्थी नेता सुशील भट्टले जानकारी दिनुभयो ।
‘कोरोना संक्रमण पोजिटिभ देखिएको छ । तर, अहिले उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य छ,’ उहांले भन्नुभयो । आसन्न महाधिवेशनको क्रियाशील सदस्यता छानबिन समितिको सदस्य रहेका पौडेल सदस्यताको टुंगो लगाउने कार्यमा क्रियाशील हुनुहुन्थ्यो । कांग्रेसकै महामन्त्री पूर्णबहादुर खड्का पनि कोरोना संक्रमणपछि उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्