काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जनताको बहुदलीय जनवाद (जबज) अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । बिहीवार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जबज जनवादी कार्यक्रम भएकोले अहिले पनि सान्दर्भिक भएको बताउनुभयो । उहा“ले जबजमा रहेका समाजवादमा संक्रमण गर्ने कार्यक्रमहरु लागू हुनुपर्ने बताउनुभयो ।
पार्टीको महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउदै नेता बादलले महाधिवेशनले देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने दावी गर्नुभयो । उहा“ले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संसोधन प्रतिवेदन पेस हुने बताउ“दै जबजमा रहेका उत्पादक शक्ति र राष्ट्रिय पू“जीको विकास गर्ने कार्यक्रमहरु अघि लिएर जानुपर्ने खा“चो औंल्याउनुभयो ।
स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माणका लागि आवश्यक विचारधारा, सिद्धान्तको सही संश्लेषण गरिएको बताउनुभयो । विगतमा भएको जनवादी आन्दोलनको वैचारिक मार्गदर्शन जबजले नै गरेको दावी गर्दै उहा“ले समृद्ध नेपाल, सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्