काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सरकार र सभामुखको अनुचित एवम् गैरकानुनी कार्यले संसदमा असहज स्थिति सिर्जना भएको बताएको छ ।
महासचिव ईश्वर पोखरेलले बुधबार एक वक्तव्य प्रकाशित गर्दै सरकारले संसदमा सहज वातावरण बनाउन पहल नगरेको आरोप लगाउनुभएको हो । यस्तै, उहाले बजेट पारित गर्ने कुरालाई समेत सरकारले बेवास्ता गरेका बताउनु भएको छ ।‘आफूलाई ईच्छा लागेको बिजनेस स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय विर्से झैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मेवार सरकारले दिनुपर्छ’ विज्ञप्तिमा भनिएको छ ।
एमालेले आफ्नो पार्टी विभाजन गर्न सभामुख अग्निप्रसाद सापकोटाले भूमिका खेलेको आरोप पनि लगाएको छ । वक्तव्यमा प्रमुख प्रतिपक्षका जायज मागलाई सम्बोधन गरी प्रतिनिधिसभालाई सुचारु गर्न सरकार र सभामुखको ध्यानाकर्षण समेत गराइएको छ ।
प्रतिक्रिया दिनुहोस्