ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने


एबीसी / संवाददाता
भाद्र २८, २०७८ सोमबार  ७ : ३९ बजे

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय पदाधिकारीमा अब कोषाध्यक्षबाहेक अन्य सबै पदमा निर्वाचनकै माध्यमबाट पदाधिकारी निर्वाचित हुने भएका छन् । पार्टीमा अब एक जना सभापति, दुई जना उपसभापति, दुई जना महामन्त्री र आठ जना सहमहामन्त्री रहने छन् ।विगतमा उपसभापति, एक जना महामन्त्री, सहमहामन्त्रीलगायतको पदमा सभापतिले मनोनीत गर्ने गरिएकोमा पार्टीको १४औँ महाधिवेशनबाट अब कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशन प्रतिनिधिबाटै निर्वाचित भएर आउने विधानमा उल्लेख छ ।

पार्टीका सहमहामन्त्री डा। प्रकाशशरण महतले मुख्य पदमा निर्वाचनबाट पदाधिकारी चयन हुनुपर्ने कार्यकर्ताको आवाजलाई विधानबाट सम्बोधन गरेर कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । काँग्रेसका लागि यो पहिलो पटकको परीक्षण भएकाले यसका आधारमा आगामी दिनमा नयाँ नीतिगत व्यवस्था गर्न सकिने उहाँको भनाइ छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीको १४औँ महाधिवेशनमा पार्टीले थप गरेका सबै पदमा निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताउनुुभयो । पदाधिकारीमा काँग्रेसले यस पटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरेको छ । १३औँ महाधिवेशनबाट एक जना मात्र मनोनीत सहमहामन्त्रीको व्यवस्था गरिएकोमा यस पटक आठवटै पद निर्वाचित हुने प्रावधान राखिएको छ । काँग्रेसको विधानमा महिला, आदिवासीरजनजाति, दलित, मधेसी, खसआर्य, थारू, मुस्लिम र पिछडिएको क्षेत्रबाट एकरएक जना गरी आठ जना सहमहामन्त्री निर्वाचित गर्ने प्रावधान छ । दस वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका सम्बद्ध क्षेत्रका केन्द्रीय महाधिवेशन प्रतिनिधिले सहमहामन्त्रीको चयन गर्ने छन् ।सहमहामन्त्रीको पदलाई समावेशिताका आधारमा निर्वाचन गर्ने व्यवस्था काँग्रेसले पहिलो पटक कार्यान्वयनमा ल्याउँदैछ ।

विशेषगरी निर्वाचनबाट प्रभावशाली व्यक्तिहरू निर्वाचित हुन सक्ने भए पनि यसले नीतिगत खालको समस्यासमेत ल्याउन सक्नेतर्फ पनि आफूहरू सजग रहेको जनाइएको छ । खासगरी गरी धेरै पदाधिकारीमा निर्वाचन हुँदा धेरै गुट उपगुटमा सिर्जना हुन सक्ने चिन्ता थपिएको उहाँ बताउनुहुन्छ ।काँग्रेसको विधानमा कम्तीमा पन्ध्र वर्ष निरन्तर क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट केन्द्रीय सभापति निर्वाचित हुने प्रावधान छ । त्यसैगरी कम्तीमा १० वर्ष निरन्तर काँग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित गरेका दुई जना उपसभापति र दुई जना महामन्त्री चयन हुने प्रावधान छ ।

१४औँ महाधिवेशनमा नयाँ प्रावधान कार्यान्वयनमा लगिएसँगै काँग्रेसको पदाधिकारीको सङ्ख्या १४ पुगेको छ । यसअघि निर्वाचित र मनोनीत गरेर काँग्रेसको पदाधिकारीको सङ्ख्या पाँच जनाको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

जितेन्द्र देवको पुनः एमाले बहिर्गमन : व्यक्तिवाद, मधेश राजनीति र एमालेको आन्तरिक संकट

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com