काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुख रहनुभएका सहसचिव गोविन्द रिजाललाई दिइएको छ । यसअघि काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहनुभएका कालीप्रसाद पराजुली गृह मन्त्रालयमा सरुवा हुनुभएको छ ।
प्रमुख जिल्ला अधिकारीको काठमाडौंको सीडीओको जिम्मेवारी पाउनुभएका रिजाल बिहीबार हाजिर हुने तयारी छ । दैलेख स्थायी ठेगाना भएका रिजालले यसअघि जाजरकोट, कैलाली, दाङ र मकवानपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालि सक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्