काठमाडौं । क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्वलाई दवाव दिन सुरु गरेका छन् ।
मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका उनीहरुले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिन सुरु गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि केन्द्रीय सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्न चासो देखाउनुभएको छ । देउवाले जिल्ला सभापतिहरूको माग बमोजिम तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । १४ औं महाधिवेशनको तयारीमा जुटेका आफूहरुलाई महाधिवेशनको तयारीका लागि पनि क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी नेतृत्वलाई दवाव दिन धर्ना कार्यक्रम सुरु गर्नु परेको नेपाली कांग्रेसका रामेछाप जिल्ला कार्य समितिका सभापति लबश्री न्यौपानेले जानकारी दिनु भयो । उहाले महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न पनि आफूहरुले पार्टी नेतृत्वलाई दवाव दिएको स्पष्ट पार्नु भयो ।
अर्का नेता केसीले नेपाली कांग्रेसका हरेक सदस्यहरुले आफ्नो कार्य क्षेत्रको क्रियाशील सदस्यहरुको जानकारी पाउने अधिकार सुनिश्चित गर्न पनि पार्टी नेतृत्वले तत्काल क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्न ढिलाई गर्न नहुने बताउनु भयो । उहा“ले काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसका हरेक सदस्यहरुले क्रियाशील सदस्यबारे जानकारी गराउने लोकतान्त्रिक अधिकार हनन् हुन नहुने पनि बताउनु भयो । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले महाधिवेशन समयमै हुने गरी तयारी गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिने काम गरिरहेका छन ।
प्रतिक्रिया दिनुहोस्