ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाटो बिराएकालाई फर्केर आउन अध्यक्ष ओलीको आग्रह


एबीसी / संवाददाता
श्रावण १०, २०७८ आईतबार  २ : ४६ बजे

काठमाडौं । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नुभएको छ ।अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० को सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल सम्बोधन गर्नुहँुदै उहाँले सो आग्रह गर्नुभएको हो । उहाँले यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नुभएको थियो । “बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ”, उहाँले भन्नुभयो, “पार्टीलाई स्वार्थ र विकाउमा नलगाउ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्क राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टीलाई नमूना बनाई सुशासन र विकासका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “राजनीतिलाई बेठीक बाटोमा लान खोजिँदैछ, राजनीतिलाई संसद्बाट अलग्याउन खोजिँदैछ, राजनीतिलाई राजनीतिबाट अलग्याइँदैछ, त्यही सम्झेर मैले जनतामा जानुपर्छ भनेर निर्वाचनको घोषणा गरेको थिएँ ।”

अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताउनुभयो । “एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै”, उहाँले भन्नुभयो, “न्यानोपन दिन्छ नै, यसले आफ्नो सही विचार र सही मार्ग पनि हो, त्यसका लागि महिला जगत्ले ठूलो सहयोग जरुरी छ ।”

उहाँले सामाजिक जीवनका हरेक क्षेत्रमा महिला सहभागिता वृद्धि गर्र्दै लैजानुपर्नेमा जोड दिनुभयो । सङ्घका संयोजक थममाया थापाले पार्टीलाई सङ्गठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

मनाङमा चुनावी चहलपहल सुरु : यशोदा सुवेदी गुरुङ

संसद पुनःस्थापना वा निर्वाचन अदालतले निर्वाचनअघि नै फैसला गरोस्ः अध्यक्ष ओली

माधव नेपालसहित ९३ जना विरूद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

इजरायलको आक्रमणबाट गाजामा ३२ जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com