काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवाता भएको छ । प्रधानमन्त्री निवास बालुवाटार पुगेर विप्लवले प्रधानमन्त्री देउवालाई भेट गर्नुभएको हो । नेकपा विपल्वले पछिल्लो समय नेताहरूस“गको भेटघाटलाई तीव्रता दिनुभएको छ । प्रधानमन्त्रीसंगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला सहभागी हुनुहुन्थ्यो ।
छलफलमा गृहमन्त्री बालकृष्ण खांण उपस्थित हुनुहुन्थ्यो । शान्ति प्रक्रियामा आएसंगै अघिल्लो सरकारसंग भएको तीनबुंदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको बताइएको छ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादीका प्रचण्ड, एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका नेता डा. बाबुराम भट्टराई, मोहन वैद्य किरणलगायतका नेतास“ग विप्लवले छलफल गरिसक्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्