काठमाडौं,२७ जेठ। पाकिस्तानका विदेशमन्त्री महोमद क्युरेशीले नेपाल र पाकिस्तानबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँगको भेटमा पाकिस्तानका विदेशमन्त्रीले पारस्परिक हितका सबै क्षेत्रहरुमा सहकार्य हुनुपर्नेमा जोड दिनु भएको हो ।
भेटमा उनले दुई देशको सम्बन्धको महत्वको बारेमा समेत प्रकाश पारेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । मन्त्री क्युरेशी र अधिकारीबीच समग्र द्विपक्षीय विषयहरुमा कुराकानी भएको थियो । उहाँले कोरोनाविरुद्धको लडाइँमा पाकिस्तान नेपालको साथमा रहेको र यस सन्दर्भमा सहयोग गर्न तयार रहेको समेत बताउनुभएको थियो । मन्त्री क्युरेशीले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा रघुवीर महासेठलाई राजदूत अधिकारी मार्फत वधाई दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्