काठमाडौँ, २२ जेठ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबाट अत्यन्तै दुःखी बनेको बताउनुभएको छ । उपप्रधानमन्त्रीको पदभार ग्रहण गरे लगत्तै महतोले संविधानको मर्म र भावना विपरीत अभिव्यक्ति दिएकोमा दुःखी बनेको गौतमले बताउँनुभएको छ । संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनी शपथ लिएको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा आफू अत्यन्तै दुःखी भएको गौतमले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको छ । संविधानले अनेकौं विशेषतासहितको नेपाल राष्ट्र र राज्य स्पष्ट भनेको उहा“ले बताउ“नभएको छ । महतोको आन्दोलनप्रति प्रधानमन्त्री केपी ओलीको अनभिज्ञता देखेर आश्चर्यमा परेको समेत गौतमले टिप्पणी गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्