काठमाडौँ, २२ जेठ । नेकपा एमाले नेता माधवकुमार नेपालले आफूपक्षीय जिल्ला पदाधिकारीहरूसँग आज छलफल गर्दै हुनुहुन्छ । नेपालले यसअघि आफूनिकटका भ्रातृ संगठनका प्रमुख, केन्द्रीय सदस्यलगायतसँग छलफल गरिसक्नु भएको छ ।
यसैक्रममा आज बिहान ११ बजेदेखि समानान्तर कमिटीमा रहेका जिल्लाका पदाधिकारीहरूसँग भर्चुअल रूपमा छलफल गर्न लागिएको हो ।एमालेमा आन्तरिक विवाद चुलिरहँदा नयाँ पार्टी खोल्ने या संस्थापन पक्षसँगको संघर्षलाई जारी राख्नेबारे नेपाल पक्षमा दुई धार छ ।
केही नेताले एमालेमै रहेर प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीसँगको संघर्षलाई जारी राख्नुपर्ने बताउँदै आएका छन् भने केहीले नयाँ पार्टी खोलेर आफ्नो ढंगले अगाडि बढ्नुपर्ने दबाब दिइरहेका छन् ।नेतृत्वसँग समन्वय नै नगरी एकताको नाममा व्यक्तिगत डिल गरिरहेको भन्दै योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरूको पनि तीव्र आलोचना भइरहेको छ ।केही दिनयता चरणवद्ध रूपमा गरिँदै आएको छलफलपछि प्राप्त सुझावको आधारमा अब कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने नेपालको तयारी रहेको एक नेताले बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्