ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुनसुकै बेला चुनावमा जानुपर्ने हुन सक्छ :अध्यक्ष ओली ( प्रतिवेदन पूर्णपाठ)


एबीसी / संवाददाता

काठमाडौँ, ६ बैशाख । नेकपा एमालेले जुनसुकै बेला देश चुनावमा जान सक्ने भएकाले तयारी अवस्थामा रहन पनि बैठकले महाधिवेशन आयोजक कमिटीका सदस्यलाई निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चुनावका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘कुनै पनि बेला चुनावमा जानुपर्ने भएका कारणले त्यसका लागि तयार हुनका निम्ति पार्टी पङ्क्तिलाई आह्वान गरेको छ । विभाजनकारी गतिविधिमा लागेका साथीहरूलाई ती गतिविधि बन्द गरेर पार्टी एकतालाई सुदृढ गर्न फेरि पनि फर्किनका निम्ति आह्वान गरेको छ । नफर्के कारबाहीको विषय बन्ने कुरा उल्लेख गरिएको छ ।’

महासचिव ईश्वर पोखरेलले पेस गरेको सङ्गठनात्मक प्रतिवेदन पनि बैठकले पास गरेको छ । प्रतिवेदनमा पार्टीलाई व्यवस्थित बनाउनका निम्ति ६ महिने कार्ययोजना बनाइएको जसअनुसार जेठ मसान्तसम्म प्रदेशदेखि पालिकासम्मका सबै कमिटीको पुनर्गठन गर्ने, असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने, भदौमा वडा, पालिका र जिल्ला अधिवेशन गर्ने, असोजमा प्रदेश अधिवेशन गर्ने र मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने सङ्गठनात्मक कार्यतालिका रहेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशन आयोजक कमिटीको अर्को बैठक वैशाख १० गते बस्ने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

पाँच बुँदे रारा घोषणापत्रमा के छ ? (भिडियोसहित)

सम्बन्धित

प्रधानमन्त्रीले उज्जैनमा १०८ केजी रुद्राक्ष चढाएर महाकालको दर्शन गरे

मध्य प्रदेशमा प्रधानमन्त्रीलाई यसरी गरियो स्वागत (फोटोफिचर)

अमेरिकी राष्ट्रपति बाइडेन कार्यक्रमस्थलमै लडे

सीटीईभीटीका उच्च अधिकारी सवार जिप सुनकोशीमा खस्यो

प्रचण्डलाई महारष्ट्रका मुख्य मन्त्री चौहानले स्वागत गर्दै भने – हाम्रो शरीर दुई, सभ्यता र संस्कृति एकै

कालापानीको विकल्पमा बंगलादेश जाने सिधा बाटोबारे सोच्न सकिन्छ : प्रधानमन्त्री प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com