ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शैक्षिक प्रतियोगिता २०१८ को आवेदन खुल्ला


admin

काठमाडौँ, २५ मंसिर। पाँचौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१८ को आवेदन खुल्ला भएको छ ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अनुसार ओलम्पियाड एक राष्ट्रिय प्रारम्भिक प्रतिभा पहिचान शैक्षिक प्रतियोगिता हो । ओलम्पियाडमा २०७५ असार ६ गतेसम्म (जुन २०, २०१८) २० वर्षभन्दा कम उमेर हुने १०+२ मा अध्ययनरत वा शैक्षिक सत्र २०१८ मा विश्वविद्यालय कार्यक्रममा भर्ना हुने विद्यार्थीले आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् ।

विद्यार्थीको सुविधाका लागि सोसाइटीको वेबसाइट www.nepalastronomicalsociety.org/olympiad मा गई आवेदन फाराम तथा प्रतियोगितासम्बन्धी जानकारी पुस्तिका डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।

प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले विसं २०७४ माघ २६ सम्म आफ्नो आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको पहिलो चरणको परीक्षा फागुन ५ मा प्रमुख शहर विराटनगर, चितवन, काठमाडौँ, पोखरा तथा बुटवलमा सञ्चालन गरिने सासाइटीले जनाएको छ ।

आवेदनका लागि माध्यमिक शिक्षा परीक्षा (एसइई) वा सोसरहको प्रमाणपत्र, चारित्रिक प्रमाणपत्र, आवेदन दस्तुर तिरेको प्रमाण, आवेदकले आफ्नो पायक पर्ने क्षेत्रमा रहेको आवेदन केन्द्रमार्फत आवेदन दर्ता गर्न सक्नेछन् । प्रतियोगिताको केन्द्र, पाठ्यक्रम, चरणसम्बन्धी विवरण सोसाइटीको वेबसाइटमा उपलब्ध छ ।

प्रतियोगितामा सामेल भई उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सिफारिस गरिने छ । सन् २०१४ देखि सञ्चालन गरिएको यस प्रतियोगिताबाट ८०० भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा परीक्षण गरिसकेका छन् । कार्यक्रममा उत्कृष्ट ठहरिएका विद्यार्थी देश विदेशका उत्कृष्ट विश्वविद्यालयमा अध्ययनरत छन् ।

प्रतियोगितामा खगोल र भौतिक विज्ञान एवं गणितसम्बन्धी प्रश्न सोधिने अध्यक्ष भट्टराईले बताउनुभयो । छानिएका विद्यार्थी छ महिनापछि हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

विद्या भण्डारीको देशव्यापी हाइकमाण्ड संयन्त्रमा को को छन् ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवागढी बाढी, चीनले समयमै अलर्ट जारी गरेको भए जनधनको क्षति न्यून गर्न सकिन्थ्यो- सिद्धिकी

ओली सरकारले राष्ट्रियसभामा गुमायो बहुमत

सरकारका गुण र दोषको जिम्मेवारी दुवै पार्टीले लिनुपर्छ – नेता सिटौला

चक्रपथमा गुड्न थाले महानगर यातायातका १२ बिजुली बस

गाजामा सहायता सामग्री वितरण केन्द्रमा भागदौड, २० जनाको मृत्यु

कुलिङ पिरियडबारे छानबिन समितिले गर्‍यो रामहरिसँग सोधपुछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com