ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायु प्रदूषण बढ्यो, विराटनगर, धनगढी र भक्तपुरमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ


एबीसी / संवाददाता
मंसिर २६, २०७७ शुक्रबार   ६ : ४३   बजे

काठमाडौं,२६ मंसिर । नेपालका धेरैजसो ठाउँको हावाको प्रदूषण अस्वस्थ अवस्थामा पुगेको छ । नेपाल सरकारको वातावरण विभाग र विभिन्न संस्थाहरुले राखेका २२ वटा सबै प्रदूषण मापन केन्द्रहरूले हावाको अवस्था अस्वस्थ रहेको देखाएको हो ।

विराटनगर, धनगढी र भक्तपुरमा हावाको प्रदूषण अत्यन्तै अस्वस्थ अवस्थामा पुगेको छ भने काठमाण्डौ उपत्यकामा रहेका सबैजसो मापन केन्द्रसँगै नेपालगञ्ज, महेन्द्रनगर, दाङ, हेटौँडा, धनकुटा, भरतपुरलगायतका ठाउँमा रहेका मापन केन्द्रले रातो सङ्केत दिएर स्वास्थ्यका लागि खतरापूर्ण अवस्था रहेको बताएका छन् । मापन केन्द्रहरूले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वा दुई सयभन्दा बढी भएमा बैजनी रङ्ग देखाएर अत्यन्तै अस्वस्थ रहेको सङ्केत गर्छन् भने एक सय ५० देखि दुई सयको बीचमा भएमा रातो रङ्ग देखाएर खतरापूर्ण रहेको सङ्केत गर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले हावाको प्रदूषण मापन सूचकाङ्क अक्वाको अन्तर्राष्ट्रिय मापदण्ड २५ तोकेको छ । यस्तै नेपालले ४० सा सीमित राख्ने लक्ष्य लिएको छ । तर अहिले देशका सबैजसो मापन केन्द्रमा अक्वा एक सयभन्दा उकालो लागेको छ । फोक्सोको रोग, क्यान्सर, मुटुसम्बन्धी समस्या र मस्तिष्कघात सबै वायु प्रदूषणसँग जोडिएको डाक्टरहरु बताउँछन् ।

नेपालमा बढिरहेको वायु प्रदूषण र रोगको सम्बन्ध बढेसँगै विज्ञहरुले वायु प्रदूषणलाई नयाँ धुम्रपानको संज्ञा दिन थालेका छन् । वैज्ञानिकहरूको एउटा टोलीले घरबाहिरको वायु प्रदूषणले हाम्रो जीवनको झन्डै तीन वर्ष घटाउने बताएको छ, यो सुर्तीजन्य धूमपानभन्दा धेरै हो । मौसमी अवस्था, विभिन्न ठाउँमा बालिने आगो, सवारी साधनबाट निस्कने धुवाँ तथा उद्योगलगायतका कारण वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

बालेनलाई किन संसद् मन पर्दैन ?

विश्वकपमा समूह चरणको पहिलो राउण्डका खेलहरू सकिए, मेसी सर्वाधिक गोलकर्ता

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

बिजुलीको भ्याटमा सीमा बढाउने तयारी

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group