ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसाविरुद्धको सोह्रदिने अभियान


शारदा शर्मा
मंसिर १४, २०७७ आईतबार  ६ : ०१ बजे

सामाजिक संजालभरी जति यो अभियानको बिषयमा चर्चा हुँदै थियो दुर दराजमा मात्र हैन हरेक शहरका राजधानी भित्र साना साना बालिका बलात्कृत भएका समाचार तीब्र रुपमा आइरहेका थिए। सुन्नै नसक्ने बलात्कार र त्यस पछिको अपराध झनै कहाली लाग्दो बनेर अगाडि आइरहेको समयमै त्यसको विरुद्धमा मैदानमा उत्रेकाहरुको छातीमा गोली लागेर ढलेका समाचारले मुटु चस्किरहंदा यो अभियानको बिषयमा जान्ने उत्सुकता जाग्यो।

शारदा शर्मा

दिनदाहाडै एसिड छ्यापिएको छ, साना नानीहरुलाई बलात्कार गरेरर ढुङ्गाले थिचेर मारिएको छ। यो हिंसा भन्दापनि जघन्य अपराध हो। मन मात्र दुखेन अचम्म लाग्यो यति धेरै अपराधका शृङ्खलाहरु बढ्दै जानुमा कारण के होला ? मानिसनै त्यस्तो प्राणी हो जो सहयोगी छ, इमानदार छ, ज्ञानी छ विवेकशील पनि छ, फेरि त्यही मानिस यति भयानक अपराधी पनि छ। लैङ्गिक असमानता भन्दा पहिला मानिस मानिस बिचमा भिन्नता किन ? भन्ने सवालले आफैं भित्र जवाफ खोजिरहँदा म शहरको अलि पर पुगिसकेकी थिएं। हिंसा अन्त्यको अभियान निरन्तर बर्षको निश्चित सोह्र दिन मनाउने कुरा सुनिएको थियो कसरी मनाइन्छ होला अनौठो लाग्यो। बाटोमा रहेको भट्टी पसलमा साहुनीका नितम्बको मापन गर्दै रक्सी खाइरहेका केही थान पुरुषसंग उनले आफ्नो व्यापार बढाउन गरेको आँखाको तालले अलि कौतुहलता जाग्यो।

यहाँ रक्सी खानेहरुको हिंसा विनिमय भएको त छैन। केही सोच्नै सकिन।अफिस भित्र जागिरको लागि स्वीकार गरिने स्वीकारोक्तिलाई कसरी व्याख्या गर्ने , हरेक आवश्यकताले किनेका आसक्तिहरु पूरा हुन नसक्दा हिंसा पनि बनेका छन्। तर डरलाग्दो रुपमा देखिएका अस्वीकारयुक्त हिंसाहरु भने निकै आक्रान्त र भयानक हुनेगरेका छन्। घर भित्र महिला पुरुष दुबै हिंसामा छन्। अभियान उत्सव जस्तै बनिरहेको समय हिंसाको व्याख्यालाई अलि फराकिलो बनाएर हेर्ने हो भने साँच्चै हिंसा भोगिरहेकाहरुको समस्या समाधान हुन सक्थ्यो कि जस्तो पनि लाग्यो। गोष्ठी र सभामा हिंसामुक्त भाषण दिनेहरुलेनै घरमा डरलाग्दो हिंसा मच्याएको सुनेका हामीले तिनै भाषण दिनेहरु हिंसामा परेको पनि देखेका छौं। परिवार भित्र विश्वास गरेका मानिसबाट हिंसा भन्ने थाहै नभएका बाल बालिका माथि हुने हिंसा र आवस्यकताको साथ स्वीकार गरिने हिंसामा निकै फरक छ।

अलि चर्को स्वरमा आवाज निकालेर सबै उस्तै हुन भन्ने बाटुलो अनुहारकी गंहुगोरी महिलाको आडैमा उभिएर हिंसाको व्याख्या सुनिरहंदा निकै दर्दनाक पनि थियो।उनले दिनहु सहने हिंसाको तुलनामा चुरोटको सुर्को तानेर स्वतन्त्रताको लागि घर छोडेकी अर्की महिला माथिको हिंसा फरक थियो । कसैलाई खाना पकाउन परेकोमा हिंसाजस्तो लाग्ने कसैलाइ शरिरिक स्पर्श गरेकोमा , कसैलाई यौनिक कुरामा । तर हिंसाका डरलाग्दा रुपहरुले शहर ढपक्कै हुँदा बाँध्यताका बारहरुले सहेका हिंसाको बखान झनै मुटु छुने खालका थिए।

साना नानीहरुमाथि सुरक्षा दिनेहरुबाट हुनेगरेका हिंसा निकै कहालीलाग्दा थिए । हिंसाको विषयमा अभियाननै चलेको समय केही थाहा नपाई हिंसामा परेकाहरुले यो अभियानलाई जिस्काउदै हिंसा सहन बाँध्य थिएँ। बाहिर भन्न नसकिने अनि भने पनि सजिलै नपताइदिने हिंसाबाट पीडा सहनेहरु कति अप्ठ्यारो जीवन ब्यतित गरिरहेका छन सायद यस्ता कुराहरु सहनेलाइ बिष पिउनु जस्तो र सुन्नेहरुलाई किस्सा सुने जस्तो पनि लाग्छ होला। मन अमिलो भयो।जीवनमा घटछ दिनमा जम्मा ज्ञट दिन शान्त रुपमा बिताउन चाहेर पनि नपाएकाहरुको लागि यो अभियानले कति काम गरेको होलारु मुटु अलि बढिनै चस्कियो । मुटु दिवस ,सरसफाइ अभियान, साक्षरता अभियान, मुक्ति दिवस जस्तै हिंसा मुक्त अभियानको यो उत्सवले कति हिंसा मुक्त भयो या कति चेतनामूलक काम भयो होला ? प्रत्यक बर्ष केही रकम खर्चेर निश्चित मान्छेले मनोरञ्जन गर्ने बिषय मात्र त बनेको छैन ? यति संवेदनशिल बवषयमा अभियान छिचोल्न मैदानमा उत्रेकाहरुले के जटिल हिंसाका रुपहरुलाई एक पटकमा सजिलै पताउन मात्र सक्लान ?

समाजमा हिंसालाई लैङ्गिक रुपमा मात्र नभएर हिंसा अन्त्यको रुपमा लिने अनि हिंसामुक्त भन्दा पनि सुधारोन्मुख सामाजिक अभियान चलाएर अनुशासित र सभ्य समाजको निर्माण गर्न सक्दा समाजमा हुने हिंसाहरु स्वत् कम हुनसक्लान। हैन भनेत प्रत्यक वर्ष यही अभियानको बिचमा सयौं मानिसहरु हिंसा सहन बाँध्य छन् र हुनेछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

सम्बन्धित

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रुकुमपूर्वका गाउँ–गाउँमा प्रचण्ड : स्वागत, विकासको तीव्र अपेक्षा सहित गणतन्त्रको भविष्यप्रति चिन्ता !

‘अमेरिकी सेनाले मार्च पास गरेको’ भन्ने अभिव्यक्तिको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com