ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खवरदार ! केपी–प्रचण्ड रीस र आवेगमा देश डुबाउन पाउनुहुन्न


शारदा शर्मा

शारदा शर्मा

शारदा शर्मा

धेरै बयान नै नगरी विषयमै प्रवेश गरौं भन्दा पनि कलम कहाँबाट घुमाउने अलि बढी नै अन्यौल भयो । तपाईंहरुको पार्टीको मान्छे त हैन म, तर कम्युनिष्ट आन्दोलनलाई नजिकबाट नियाल्दै जल्दोबल्दो विद्यार्थी संगठन र पार्टीमा काम गरेको विगत र वर्तमानमा ‘सबै बाम एक ठाऊँ’ भन्ने चाहनाले मन अलि उत्साहित बन्दैगर्दा तपाईंहरुको नौटङ्कीले अचम्म मात्र लागेन, दुःख पनि लाग्यो ।

यतिखेर तपाईंहरुको पार्टीका सच्चा मान्छेहरु जो साँच्चै देशको हित चाहन्छन उनीहरुको दुःख बिसाउन नसकिने छ । तर तपाईंहरुसँग त्यस्तो झुण्ड छ, जो पार्टीको नाममा अनेक स्वार्थ सिद्ध गर्न आतुर छ । अनेक ठाउँमा त्यस्ता झुण्डहरुको यति ठूलो लाम छ, जसले केवल अस्थिरता मात्र चाहन्छ । तपाईंहरुको पार्टीका ‘नजिक’ बनेर सेवा सुविधा लिने ठाउँमा खुट्टा बजार्दै दाऊ लगाउनेहरु तपाईंहरुको साँच्चै हित चाहनेहरुको कत्लेआम नै गर्न चाहन्छन् । तिनै मानिसहरुका कुरा सुनेर आफंैले बनाएको सुन्दर बगैंचामा पानी हाल्नेभन्दा पनि बिष हाल्न तत्पर तपाईंहरु साँच्चै अब होशमा आउनुस् ।

हिजो पार्टी एकता गरेर बृहत् यान चलाउन सक्षम छांै भन्दै घोषणा गर्दा जनताहरु खुशीले गद्गद् बने । साँच्चै तपाईंहरुका पार्टीका समर्थकहरु उत्साहित बने । देश शान्ति र स्थिरतामा रहँदा आफ्नो हित देख्ने आम मान्छेहरुलाई बृहत् कम्युनिष्ट आन्दोलनको एकता उत्सव नै लाग्यो । तर नितान्त व्यक्तिगत स्वार्थ पूरा गर्नेहरुले पार्टीमा भएका हुन् या नभएका, तपाईंहरुलाई भित्रबाटै सहयोग गर्नेहरुलाई अनेक शब्दप्रहार गरे । यस्ता मान्छेहरुबाट जोगिएर एकताको पक्षमा लाग्दा तपाईंहरुले अपनाएको गोप्यता अतुलनीय थियो, त्यतिबेला जतिबेला तपाईहरु एकताको जगमा उभिएर विशाल यानको स्टेरिङ चलाउने हिम्मत गर्नु भएको थियोे । तर खुला समाजमा बाटो देखाइएकोसमेत कमिशन लिएर जनतालाई दुःख दिन पल्केका नेकपाको आवरणभित्र र बाहिरका केही झुण्डहरुलाई सैह्य थिएन । तपाईंहरुको एकता जसको कारण एकताको शुरुवातबाट नै कित्ताकाट गर्दै उनीहरु रामधुलाइमा लागे ।

तपाईंहरुले तिनै मानिस र झुण्डको कुरा पत्याउन थाल्नुभयो । हिजो आफूले गरेका वाचा र विश्वसनीयतालाई बिर्सेर ठूलो महासागरमा आएको तुफानी छालमा लत्पतिएको फोहोरले तपार्इंहरुलाई प्रभावित ग¥यो । आन्तरिक र बाह्य शक्तिहरु यो एकताबाट त्रसित बने । जसको कारण एकताको बलमा पद पाएकाहरु नै तपाईंहरुको एकतालाई कसरी असफल बनाउने भनेर कान भर्न सफल भए । दुई पार्टीको एकताले बनेको नेकपाकोभन्दा पनि पूर्व माओवादी र पूर्व एमाले बनेर आफ्नै पूर्वजनहरु जसलाई तपाईंहरुले सक्षम र आफ्नो विश्वासी ठानेर जिम्मेवारीसमेत दिनुभयो, तिनै महान् मानिस र कथित विश्वासपात्रहरुले पूर्व एमाले भन्नेले प्रचण्ड र पूर्व माओवादी भनिएकाले ओलीसमक्ष आफ्ना नेताको उछित्तो काड्न थाले । एउटै थालमा खाएर त्यही थालमा क्षद गर्नेहरुका कुरा तपाईंहरुले पनि पत्याउदै जानुभयो ।

नपत्याउनु पनि कसरी ? जब आफ्नै बाबु खराब भनेर बच्चाहरुले बारम्बार भन्छन् भने वा आफ्नै छोराछोरी खराब भनेर बाबुआमाले अरुलाई भन्छन् भने पुष्टि नहुँदासम्म त पत्याउनै प¥यो । तर तपाईंहरु त यस्ता कुराहरुमा पनि विश्वास गर्न थाल्नुभयो जुन कुरा कुनै हालतमा पुष्टि हुन सक्दैन ।

कमरेडहरु विश्व अहिले कोरोना महामारीको सामना गर्न गर्दैछ । विश्व नै लकडाउनमा रहेको समयमा तपाईंहरु जनमतको उपहास गर्दै तिनै सिमित मानिसहरुका कुरा सुनेर दुइतिहाइमा बनेको आफ्नै संरचना कमजोर बनाउन लागिरहनु भएको छ । तपाईंहरुको ठूलो पार्टी, तपाईंहरुको एकलौटी सरकार साँच्चै जनताका आकांक्षाहरु पूरा गर्न केले रोक्यो ? र, यो ताण्डव नृत्य देखाउदै हुनुहुन्छ । न राम्रोसँग सरकार चलाउन सक्नुभा’छ न, पार्टी । साँच्चै नढाँटी भन्ने हो भने एउटै पार्टीभित्र आफ्नै सरकारलाई राम्रोसँग चलाउन नसकेर सत्ता र शक्तिको लागि एकअर्कालाई प्रहार गर्नु राम्रो हुन्छ र ? जनताले सोचेका थिए कम्युनिष्ट सरकार हाम्रो आफ्नो सरकार हो । देशमा जस्तो आँधीबेहरी किन नआओस् जनताको सरकारले सुझबुझका साथ काम गर्नेछ । जनतासम्म समस्या पुग्न दिने छैन । तर तपाईंहरु त जनताको भन्दा पनि ‘आफ्नो’ बनेर तपाईंहरुलाई नै सिध्याउन खोज्नेहरुको गोटी बनिरहनु भएको छ ।

सरकारले राम्रो काम नगरे यो सुधार गर्नुप¥यो भनेर पार्टीले भन्ने हैन र ? पाटीले बनाएको सरकारले पार्टीले गरेका निर्णय मान्नुपर्ने हैन र ? तपाईंहरु त एकले नराम्रो गरे त्यहीमाथि टेकेर उसको कत्लेआम गर्न तयार हुनुहुन्छ । विरोधी पार्टीजस्तै न सरकारले पार्टीलाइ मान्नु पर्ने न पार्टीले सरकारलाई– के नाटक हो यो ? कतिखेर त आफैंलाई सोध्न मन लाग्छ, के तपाईंहरु साँच्चै कम्युनिष्ट हो र ? यस्ता पनि कम्युनिष्ट हुन्छन् ? तपाईहरुले पार्टी त के, आफूले आफैंलाईसमेत चलाउन सक्नुहुने रहेनछ ।

कोरोना महामारी त छँदैछ । बाढीपहिरोबाट धेरै गरीब जनताको इहलीला समाप्त भएको छ । बाँचेका पनि धेरैको बिचल्ली छ । यस्तो कठिन परिवेशमा दुइतिहाइको सरकार आफ्नै पार्टीभित्र सत्ता र शक्तिको लडाइँमा लाग्नु जनताको लागि कति पीडादायी होला, महशुस गर्न सक्नुहुन्छ तपाईंहरु ? चाहे जे होस्, जनता अझै पनि आशावादी छन् ।

तपाईंहरुको पार्टीका सच्चा कार्यकर्ता अझै पनि आशावादी छन् । यो विशाल यानमा पसेको हावा मापन गरेर यानलाई सही मार्गमा लाने सामथ्र्य हाम्रा नेताहरुमा छ भन्दै चियापसलमा कार्यकर्ताले बाजी लगाइरहँदा केही स्वार्थी झुण्डहरुको बहकावमा लागेर यो महान् यान डुबाउने अधिकार तपाईंहरुलाई पक्कै पनि छैन । एकताको आधारमा उभिएर आफूले गरेका वाचा इमानदारीपूर्वक पालना गर्दा तपाईंहरुको कद घट्नेछैन । अझै पनि होशमा आउनुस् कमरेडहरु ! तपाईहरुको यान दुर्घटनामा पर्दा सिंगो देशले क्षति व्यहोर्न बाध्य हुनेछ । जनताहरुले दुःख र बलिदान गरेर आर्जन गरेका उपलब्धिहरुको अन्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पालिका चुनावले लोकतन्त्रको जग बलियो भएको छ : राष्ट्रपति

काठमाडौं, १० जेठ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले भर्खरै सम्पन्न पालिका चुनावले लोकतन्त्रको जग बलियो बनाएको बताउनुभएको छ । आज मङ्गलवार संसदमा सरकारका नीति तथा कार्यक्रम

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं, १० जेठ । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा काठमाण्डौबाट एक जना शिक्षक पक्राउ परेका छन् । कक्षा ११ मा अध्ययनरत एक जना विद्यार्थीलाई दुर्व्यवहार

पोखराको ‘वेटिङ मेयर’मा धनराज, ९ मत हारएपछि मतगणना स्थगित

काठमाडौं, १० जेठ ।पोखरा महानगरपालिकाको मतगणनाको दौरान वडा नम्बर ८ को ९ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेको छ । सोही कारण

सम्बन्धित

पालिका चुनावले लोकतन्त्रको जग बलियो भएको छ : राष्ट्रपति

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

१३ स्थानीय तहको मत परिणाम आउन बाकी : कहाँ कसको अग्रता ? (सूचीसहित)

काठमाडौंमा मेयर पदमा राप्रपा, विवेकशील र सुमन सायमीले कति प्रतिशत ल्याए मत ?

काठमाडौं महानगरमा बालेन्द्र साहको मत ५० हजार नाघ्यो

वीरगन्जको मेयरमा जसपाका सिंह र उपमेयरमा कांग्रेसका आलम विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com